News

Jan 16, 2009

नेपालमा पहिलोपटक बर्डफ्लु रोग देखियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा पहिलोपटक बर्डफ्लु रोग देखिएको छ । झापाको काँकडभिट्टामा यो रोग देखिएपछि सरकारले त्यसक्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको वैठकले यस्तो घोषणा गरेको हो । सरकारले काँकडभिट्टा र आसपास तीन किलोमिटर क्षेत्रमा रहेका कुखुरा र हाँसजस्ता पंक्षी मानेर नष्ट गर्ने अभियान थालेको छ । पंक्षीमा देखिएको रोग अन्यत्र सर्न नदिनका लागि सरकारले यो अभियान थालेको हो ।यसैगरी उक्त क्षेत्रभन्दा १० किलोमिटर आसपास पंक्षीजन्य वस्तुहरु हाँस, कुखुरा जस्ता वस्तु ओसारपसारमा समेत प्रतिवन्ध लगाएको छ । केही अघि भारतको सिलीगुढी क्षेत्रमा बर्डफ्लु देखिएपछि पूर्वी सीमामा पनि सतर्कता अपनाइएको थियो । भारतको सोही क्षेत्रसँग जोडिएको भएकाले सतर्कता अपनाइएको थियो । सरकारले प्राविधिकसहितको टोली पठाएर झापाका विभिन्न स्थानबाट पंक्षीका नमुना लगेर परीक्षण गरेको थियो । परीक्षणका क्रममा बर्डफ्लु पाइएपछि सरकारले उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

No comments: