News

Jan 1, 2009

नेपाली महासंघ हङकङको दशौं वार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हङकङ नेपाली महासंघले हिजो याउमातईस्थित कम्युनिटिहलको एक सभा कक्षमा आफ्नो दशौं वार्षिकोत्सवको कार्यक्रम तथा दश वर्षको अवधिलाई आधार मानेर,
गत सालबाट सञ्चालनमा ल्याइएको पदक तथा पुरस्कार वितरणको कार्यक्रमलाई निरन्तरता दिँदै समाजका विभिन्न व्यक्तित्वहरुलाई कदर गर्ने, सम्मानित गर्ने तथा पुरस्कृत गर्ने कार्यलाई समारोहको स्वरुपमा सम्पन्न गर्‍यो । यस दशकको अवधिमा नेपाली साहित्यलाई टेवा दिँदै पुस्तकहरुको प्रकाशन गर्ने साहित्यकारहरु, नेपाली गीत-संगीतमा योगदान दिँदै क्यासेट, सीडीका साँगीतिक एलबमहरुको सार्वजनिक गरेका सँगीतकारसहित गायक, गायिकाहरु, खेलकूद क्षेत्रको तेक्वान्दो, सितेरियो तथा फुटबल जस्ता खेलहरुमा लागेर पदक जित्ने खेलाडीहरुसहित तिनका प्रशिक्षकहरु, नेपाली विद्यालयका अधिकारीहरुलगायत हङकङ नेपाली महासंघलाई आर्थिक सहयोग दिने दाता अनि हङकङेली नेपाली समाजलाई एकत्रित गराएर अनि सबैलाई मिलाएर लानका लागि अनवरत प्रयास गर्ने महासंघका संस्थापक तथा भूतपूर्व पदाधिकारीहरु आदिलाई प्रशंसा पत्र, कदर पत्र, प्रशंसा पत्र, तथा पदक र प्रमाण पत्रहरु प्रदान गर्‍यो ।
दिइएको समयभन्दा ढिलो शुरु भएको उक्त दशौं वार्षिक उत्सवको कार्यक्रमलाई महासँघका महासचिव वसन्त निरौलाले सञ्चालन गरेका थिए । महासंघका उपाध्यक्ष हर्क रानामगरले नयाँ वर्षको शुभकामना दिँदै कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई महासंघको तर्फबाट स्वागत गरेका थिए । हङकङ नेपाली महावाणिज्यदूतावासबाट महावाणिज्यदूत केशव प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा बसेको उक्त औपचारिक कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष हेम लिम्बूले गरेका थिए । महासंघका संस्थापक अध्यक्ष मणिकिराँत वान्तवा, भूतपूर्व अध्यक्ष गणेश इजम, भूतपूर्व अध्यक्ष्य हेजेन राई, यनआरयन हङकङका अध्यक्ष त्रिलोक गुरुङ, जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, सिर्जनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञात, आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङ्वा आदि अतिथिहरु रहेका थिए ।
सचिवालय सदस्य किसन राईले पदक तथा पुरस्कार वितरणको र त्यसमा महासंघले अख्तियार गरेको वर्गिकरण, महासंघले निकालेको नतिजाको आधारको
बारेमा विस्तृतमा चर्चा गर्ने क्रममा महासंघले पुरस्कार तथा पदकहरु वितरण गर्ने कार्यलाई निरन्तरता दिनका लागि, अनि निरन्तरता जगाउने अभिप्रायले समाजमा एक पटक आएर अहिले विलाउन थाल्दै गरेका व्यक्तित्वहरुलाई फेरि जगाउनका लागि पनि दिँदै गरेको खुलासा गरेपछि विधिवत रुपमा कदर तथा प्रशंसा पत्रहरुको वितरण प्रमुख अतिथि केशव प्रसाद भट्टराई, महासंघका संस्थापक अध्यक्ष मणि किराँत वान्तवा, भूतपूर्व अध्यक्ष गणेश इजम, यनआरयन हङकङका अध्यक्ष त्रिलोक गुरुङ, भूतपूर्व अध्यक्ष हेजेन राईबाट भएको थियो ।
उक्त कदर तथा प्रशंसा पत्रहरु प्राप्त गर्ने साहित्यकारहरु, गायक, गायिका तथा संगीतकारहरु, प्रशिक्षक तथा खेलाडीहरु, महासंघका दाताहरु, विद्यालयका अधिकारीहरु, महासंघका भूतपूर्व पदाधिकारीहरु आदिका नाम तथा योगदानहरुको लिस्ट निम्न छन्ः-
प्रशंसापत्र-पुस्तकाकार रुपमा साहित्य सिर्जना गरेवापत :-
प्रद्वय (शब्दघोष जिजीविषाको :कथा संग्रह), नेपाल कुस्सा (छोटो फ्रक :उपन्यास), प्रकाश छाङ्छाराई (पुल तरेपछि हराएको मान्छे :कविता संग्रह), राई चन्द्र दुमी (मीठू :कथा संग्रह), मालिकराम राई (मालिकराम राईका कथाहरु :कथा संग्रह), रामकृष्ण वान्तवा (सघन तुँवालो :उपन्यास), हिमकला राई (चौतारा :कथा संग्रह) तथा कदर-पत्र पुस्तकाकार रुपमा साहित्य सिर्जना गरेवापत : नरेश सुनुवार (जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले..सेक्सेलेले :कविता संग्रह), देश सुब्बा (आदिवासी :उपन्यास) र प्रकाश के.सी. (हङकङ डायरी :संस्मरण सँगालो)(टंक सम्वाहाम्फे - युद्ध भित्र उभिएका वुद्धहरु)
त्यस्तै गीत तथा संगीतमा प्रशंसापत्र-
गीति सँगालो निकालेवापत वीरबहादुर थापा, डीबी पालुङ्वा, डम्बर गुरुङ, ज्ञान सुब्बा, कविन राई, यल.बी. मुखिया, लक्ष्मण गुरुङ, महेश शील्पकार, नन्द चङ्सु, फुर्वा शेर्पा, रामकृष्ण वान्तवा, सोम थापा, श्याम गुरुङ, शीतल पुन, टोपराज लामा, लक्ष्मी सम्वाहाम्फे, विनोद मेखु राई, पारु सुनुवार र हिमकला राई थिए भने यही विधामा कदरपत्र पाउनेहरु दिनेश सुब्बा, नागेन्द्र श्रेष्ठ, अन्तिम राई, टंक सम्वाहाम्फे र भगत सुब्बा थिए । खेलकूद विधामा प्रशंसापत्र प्राप्त गर्नेहरु राजु गुरुङ (यचकेयनटीए), राजेश श्रेष्ठ (सितेरियो करांते), कुश थापा (न्यू जेनेरेसन तेक्वान्दो), प्रेम थापा (न्यू जेनेरेसन तेक्वान्दो), रबिल सुब्बा (न्यू जेनरेसन तेक्वान्दो), क्षेत्र गुरुङ (न्यू जेनेरेसन तेक्वान्दो), मीलन राई (एभरेष्ट तेक्वान्दो) र दिलप्रसाद लिम्बू (एभरेष्ट तेक्वान्दो) तथा कदरपत्र पाउनेहरुमा तुलशीकुमार गुरुङ (यचकेयनटीएका लागि), राजु खड्का (न्यू जेनेरेसन तेक्वान्दोका लागि), रबिन नाल्बो (एभरेष्ट तेक्वान्दोका लागि) र हरि तामाङ (कोरियन तेक्वान्दो-हरि तामाङ क्लवको लागि) थिए ।
नेपालीका व्यवस्थापनमा सञ्चालित विद्यालयहरुका व्यवस्थापक वा प्रतिनिधिहरुलाई विद्यालयका लागि कदरपत्र प्रदान गरिएको थियो जसमा पनटेसिया प्राथमिक विद्यालयका लागि उत्तरमान लिम्बू, लिटल बड्स किन्डर गार्टनका लागि धन थापा, पृष्टियन किन्डर गार्टनका लागि जगदिश आले र सगरमाथा किन्डर गार्टनका लागि कमला राई र ट्यालेन्ट हण्टको व्यवस्थापन तथा सञ्चालनका लागि सञ्चालिका लक्ष्मी राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । पत्रकारितातर्फ कुलप्रसाद गुरुङ (नेपाल पोस्ट), देबराज राई (आलोपालो डट कम), क्रान्ति सुब्बा (अविराम), अधिराज राई (मूलबाटो डट कम) र मातृदीप राई (फोटोपत्रकारिता)लाई प्रशंसा पत्र र किसन राई (एभरेष्ट), पसन तमू (यचके नेपाल डट कम) र जगत गुरुङ (फोटो पत्रकारिता)लाई कदरपत्र प्रदान गरिएको थियो । हङकङ नेपाली महासंघलाई निरन्तर रुपमा आर्थिक सहयोग गर्ने दाताहरुमा राजेन्द्र कुमार श्रेष्ठ, जगन नाथ ज्ञवाली, तेज बहादुर राई, कालु घले, वाई.बी. राई, उत्तरमान लिम्बू, धन थापा, त्रिलोक विश्वकर्मा र टंक रानामगरलाई कदरपत्र प्रदान गरिएको थियो भने महासंघले हङकङेली नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने प्रयासमा लाग्ने आफ्ना संस्थापक अध्यक्ष मणिकिराँत वान्तवालाई सम्मान पत्र तथा अन्य भूतपूर्व अध्यक्षहरु भोलानाथ थापामगर, गणेश इजम र हेजेन राईलाई कदरपत्र प्रदान गरिएको थियो ।
हङकङ नेपाली महासंघले गत सालबाट वितरण गर्ने गरेको हङकङ नेपाली पुरस्कार तथा हङकङ नेपाली पदक र त्यसलाई यो पटक कसरी प्रदान गरिँदैछ भन्ने बारेमा महासंघका अध्यक्ष तथा कार्यक्रमका सभापति हेम लिम्बूले प्रकाश पारेका थिए । जसमा अनलाइन मिडिया, छापा मिडिया, खेल सितेरियो, साहित्य संस्थालाई महासंघले छानेको बताएपछि कङकङ नेपाली पदक (प्रथम, दोस्रा तथा तेस्रा) प्रदान गरिएको थियो, जो निम्न प्रकारका छन्ः-
नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेलाई साहित्य विधाको लागि हङकङ नेपाली पदक -प्रथम, यचके नेपाल डट कमका सम्पादक पसन तमूलाई पत्रकारिता विधाको लागि हङकङ नेपाली पदक (दोस्रा), फुटबलका पूर्व खेलाडी तथा वर्तमान प्रशिक्षक विकास गुरुङलाई खेलकूद विधाका लागि हङकङ नेपाली पदक (दोस्रा), सनराइज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङलाई पत्रकारिताको लागि हङकङ नेपाली पदक (तेस्रा) नेपाल डट यचकेका सम्पादक प्रकाश के.सी.लाई पत्रकारिताको लागि हङकङ नेपाली पदक (तेस्रा), सितेरियो कराँते डो, गोर्खा कम्युनिटिका हेम पुनलाई खेलकूद विधाका लागि हङकङ नेपाली पदक (तेस्रा) र एभरेष्ट फूटबल क्लवकी नैना गुरुङलाई खेलकूद विधाको लागि हङकङ नेपाली पदक (तेस्रा) ।
अन्त्यमा, प्रमुख अतिथि महावाणिज्यदूत केशवप्रसाद भट्टराईबाट छोटो मन्तव्य सकिएपछि, सभापति हेम लिम्बूले कार्यक्रमको विसर्जन गरेका थिए । कार्यक्रममा हङकङेली नेपाली समाजका विभिन्न तह र तप्काका व्यक्तित्वहरुको राम्रो उपस्थिति रहेको थियो । कार्यक्रम ०८ बजे शुरु भई १० बजे राति समाप्त भएको थियो ।

No comments: