News

Jan 13, 2009

अविवाहित बसेकी १०७ वर्षीया वृद्धा श्रीमान्को खोजीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ यौवन अवस्थामा बिहे गर्न लाज लागेका कारण अविवाहित बसेकी १०७ वर्षीया वृद्धा श्रीमान्को खोजीमा छिन् । उनी आफूजस्तै वृद्ध श्रीमान् भेट्न आशामा छिन् । श्रीमान्सँग गफ गरेर अबको जीवन बिताउने उनको इच्छा छ । आफ्नै भजिताभतिजीका लागि आफू घाँडो भएको १०७ वर्षीया वाङ गुइयिङ बताउँछिन् । १०२ वर्ष हुँदा उनको खुट्टा भाँचियो । त्यसयता उनी आफ्नै लुगा धुने, खाना पकाउन काम गर्न सक्दिनन् । 'म १०७ वर्ष पुगिसकेँ । तर, अझै मेरो बिहे भएको छैन'- चोङक्विङ कर्मसियल टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले भनिन्- 'बिहे गर्न हतार गरिनँ भने अब मेरो जीवन के होला ?' दक्षिण गुइजुहु प्रान्तकी वाङ गुइयिङ नुन व्यापारीकी छोरी हुन् । आफू सानै हुँदा काका/मामाले श्रीमती कुटेको देख्दा उनलाई बिहेप्रति नै वितृष्णा उब्जेको थियो । माइजू/काकीले कुटाइ खाएपछि गाईगोठमा गएर रोएको दृश्यले उनको मन सार्‍है पोल्थ्यो । 'त्यसवेला सबै विवाहितहरू यसरी नै बाँच्थे । बिहे गर्नु सार्‍है काहालीलाग्दो लाग्थ्यो'- आफ्नो पुस्ताका चिनियाँ महिलाका बारेमा बताउँदै उनले भनिन् । बाबु, आमा र ठूली दिदीको मृत्युपछि पनि वाङलाई बिहे गर्न मन लागेन । परिवारको मृत्युपछि उनी गाउँमा गएर खेतीपाती गर्न थालिन् । ७४ वर्षको उमेरसम्म उनले खेतीकिसानी गरिन् । त्यसपछि उनका भतिजाले उनलाई चोङक्वीमा बोलाए । उनी भतिजा-भतिजीसँगै बस्न थालिन् । तर, भतिजा-भतिजी नै बूढाबूढी भइसकेकाले आफ्नो स्याहार गर्न नसक्ने उनी बताउँछिन् । उनको कान्छी भतिजी नै ६० वर्षकी भइसकिन् । 'मेरा भतिजा-भतिजी आफंै बूढाबूढी भइसकँे । उनीहरूको छोराछोरीले बिहे गरेर घरजम बसाइसके । म आजभोलि घाँडोजस्तै भएकी छु'- उनले भनिन् । वाङलाई श्रीमान खोजिदिन स्थानीय अधिकारी पनि निकै इच्छुक छन् । वाङलाई एक सय वर्षका पति खोजिदिनका लागि बृद्धाश्रममा सम्पर्क राख्न स्थानीय अधिकारीले सल्लाह दिएका छन् ।

No comments: