News

Jan 9, 2009

तमलोपालाई आन्दोलन फिर्ता लिन आग्रह - पुष्पकमल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तमलोपालाई आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहालले तराइमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई घोषित आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले उक्त पार्टीको घोषित आन्दोलनबारेमा जिज्ञासा राख्दै आन्दोलन त्यागी शान्ति स्थापनाको बाटोमा सहभागी हुन आग्रह गर्नुभएको जनाइएको छ ।ठाकुरले सरकारद्वारा बारम्बार मधेसप्रति संस्थागत विभेद गर्ने काम कम नभएको भन्दै आन्दोलन गर्नुपरेको बताउनुभएको थियो । उहाँले राज्य पुनसंरचना हुनुअघि मधेसी मोर्चासँगको सम्झौता पालन हुनुपर्ने माग गर्नुभएको जनाइएको छ ।उहाँले आफ्नो कुराको सुनुवाइ नभएकाले बाध्यतावश आन्दोलन गर्नुपरेको स्पष्ट पार्दै अझै पनि सरकार आफ्नो पार्टीको मागप्रति सकारात्मक भए आन्दोलन फिर्ता हुनसक्ने बताउनुभयो ।

No comments: