News

Jan 9, 2009

'मेरो ससुराली नेपाल नै हो - अभिनेता गोविन्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय चलचित्र जगत्का चर्चित अभिनेता गोविन्दाले एकआपसमा प्रेम भयो भने नेपाल-भारतबीचको सम्बन्ध सुमधुर भइरहने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालप्रतिको प्रेमका कारण नै आफू नेपाल भ्रमणमा आएको उल्लेख गर्नुभयो ।केही दिनअघि सपरिवार नेपाल भ्रमणमा आएका अभिनेता गोविन्दाले आफू कुनै चलचित्रमा अभिनय गर्न नभई पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएको ानकारी दिनुभयो । उहाँले सबैको मायाबाट एउटा सर्वसाधारण मान्छे चर्चित कलाकार बन्न सक्ने बताउँदै कलाको विकासका लागि एउटा कलाकारलाई शान्तिमय वातावरण आवश्यक पर्ने धारणा राख्नुभयो ।पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अभिनेता गोविन्दाले यो वर्ष आफूले अभिनय गरेका ६ वटा चलचित्र प्रदर्शन भएको जानकारी दिनुभयो । उहाँले निकट भविष्यमा नेपाली चलचित्रमासमेत अभिनय गर्ने विश्वास व्यक्त गर्नुभयो । श्रीमती र छोराछोरीसहित नेपाल आएका अभिनेता गोविन्दा शुक्रबार स्वदेश फर्कदै हुनुहन्छ । पत्रकारमाझ उहाँले भन्नुभयो- 'मेरो ससुराली नेपाल नै हो । नेपालप्रति अगाध प्रेम छ । फेरि-फेरि नेपाल पक्कै आउछु ।'

No comments: