News

Jan 3, 2009

यौनपिपासु ससुरा गाउँबाट निकालिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा/ बुहारीलाई यौनशोषण गर्ने यौनपिपासु ससुरा गाउँबाट निकालिएका छन् । राजारानी गाविस-५ शिखरपुरनिवासी यादव सुवेदीलाई छोराकै सहमतिमा गाउँनिकाला गरिएको हो । छोरा अध्ययनका लागि सदरमुकाम धनकुटा गएपछि यादवले पटकपटक यौनशोषण गर्दै आएको पीडित बुहारीले प्रहरीसमक्ष बयान दिएकी छिन् । ससुराले ज्यान मार्ने धम्की दिएका कारण यौनशोषणका बारे कसैलाई बताउन नसकेको पीडितलाई उद्धृत गर्दै राजारानी प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक हरिशचन्द्र चौधरीले बताए । घटना खुलासा भएलगत्तै कुटपिट गरी गाउँलेले राजारानी प्रहरीचौकीमा बुझाएपछि यादवले प्रहरीसामु बुहारीलाई यौनशोषण गरेको स्विकारेका छन् । प्रहरीले सहमतिमा गाउँलेको जिम्मा लगाएपछि कालोमोसो दलेर बिहीबार उनलाई गाउँनिकाला गरिएको स्थानीय गोपाल याँखिलाले जानकारी दिए । उनका अनुसार छोराकै सहमतिमा यादवलाई गाउँनिकाला गरिएको हो ।

No comments: