News

Jan 10, 2009

सेना समायोजनको काम चाँडै सुरु गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले सेना समायोजन विशेष समितिलाई पूर्णता दिइ चाँडै काम सुरु गरिने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले शनिबार अनमिन प्रमुख इयान मार्टिनसँग भेटमा यस्तो बताउनुभएको हो । बालुवाटारमा भएको भेटमा उहाँहरुबीच कुराकानी भएको जानकारी सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले पत्रकारहरूलाई जानकारी दिनुभयो ।भेटका अवसरमा मार्टिनले शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सेना समायोजनको बारेमा चासो व्यक्त गर्नुभएको थियो । गतसाता मन्त्रिपरिषद् बैठकले विशेष समितिको संयोजक प्रधानमन्त्री दाहाललाई बनाउने निर्णय गरेको थियो । त्यसअघि उपप्रधानमन्त्री वामदेव गौतम सेना समायोजन विशेष समितिको संयोजक हुनुहुन्थ्यो ।

No comments: