News

Jan 10, 2009

सुकुम्बासीद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारद्वारा हालै गठित वैज्ञानिक भूमि आयोगमा आफूहरुको प्रतिनिधित्व माग गर्दै नेपाल बसोबास बस्ती संरक्षण समाजले गरेको पूर्वपश्चिम राजमार्ग अवरोधका कारण आज शनिबार तेस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बनेको छ ।राजमार्गको मोरङमा पर्ने पथरी, विराटचोक, चिसाङपुल, कानेपोखरीलगायत आधा दर्जनभन्दा बढी स्थानमा बसेका उनीहरुले बिहान साढे पाँच बजेदेखि यातायातका साधन चल्न दिएका छ्रैनन् । प्रहरीका अनुसार बिहानैबाट लामा तथा छोटा दूरीका यातायात साधन चल्न नपाएकाले सयौं यात्रु गन्तव्य जान पाएका छैनन् ।अवरोधका कारण मेची र कोसीका सबैजसो जिल्लाबाट आउजाउ गर्ने यात्रुहरु प्रभावित बनेका छन् । सुकुम्बासीहरुले तीन दिनयता राजमार्ग अवरोध गर्दैआएका छन् । सुकुम्बासीद्वारा गठित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

No comments: