News

Jan 10, 2009

सहमति कार्यान्वयन नगरे स्थिति प्रतिकुल हुने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले महासचिव झलनाथ खनालले नेकपा माओवादीले गम्भीर भएर यसअघि गरेका सहमति कार्यान्वयन नगरे सरकारका लागि स्थिति प्रतिकुल हुने चेतावनी दिनुभएको छ । एमाले मजदुर विशेष जिल्ला कमिटिले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले माओवादी सहमतिमा आउन नसके मिलेर अगाडि बढ्ने अवस्था नरहेको बताउनुभयो ।माओवादीको उग्रवामपन्थी चिन्तन र नेपाली काङ्ग्रेसको दक्षिणपन्थी यथास्थितिवादका कारण शान्तिप्रक्रियामा अहिले पनि थुप्रै चुनौती रहेको चर्चा गर्दै उहाँले वर्तमान समस्या समाधान गर्नमा एमाले मात्र सक्षम रहेको दाबी गर्नुभयो । शान्तिप्रक्रियालाई वाइसिएलको गतिविधिले नराम्रोसँग गाँजेको बताउँदै महासचिव खानलले अराजक गतिविधिको अन्त्यका लागि माओवादी इमानदार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

No comments: