News

Jan 12, 2009

पत्रकार सिंहको हत्या, देशव्यापी विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुरकी रेडियो पत्रकार उमा सिंहको अज्ञात समूहले आइतबार राति हत्या गरेको छ । यो घटनापछि पत्रकार महासंघले सोमबारदेखि विरोधमा देशव्यापी आन्दोलन थालेको छ । अज्ञात अतियारधारी समूहले जनकपुरको स्थानीय रेडियो टुडेमा कार्यरत पत्रकार सिंहको हत्या गरेको थियो । आइतबार राति घरैमा रहेकी उनलाई उक्त समूहले अन्धाधुन्ध खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । स्थानीय रुपमा प्रारम्भिक उपचारपछि राजधानी लैजाने क्रममा बाटामा उनको राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।पत्रकार महासंघका कोषाध्यष पोषण केसीका अनुसार देशभरका पत्रकारहरुले आआफ्नो क्षेत्रमा हत्याको विरोधमा प्रदर्शन गर्नेछन् । राजधानीमा पनि सोमबारै प्रदर्शन गरिएको छ । भोलि मंगलबार बिहान देशभर शोकसभा गरिने भएको केसीले बताउनुभयो ।पत्रकार सिंहको शव जनकपुर बजार परिक्रमा गरी पत्रकारहरुले शव सहित धनुषा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइरहेका छन् । सिंहलाई सहीद घोषणा गरिनुपर्ने, परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, दोषी पत्ता लगाइ कारबाही गर्नुपर्ने लगायतका माग पत्रकारहरुले अघि सारेका छन् । यसैगरी घटनाको विरोधमा जनकपुर बजार सोमबार दिनभर बन्द रह्यो ।

No comments: