News

Jan 6, 2009

भारतद्वारा पाकिस्तानसमक्ष प्रमाण प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली/ मुम्बई आक्रमणमा पाकिस्तान सम्बन्धित तत्त्वको हात रहेको बताउँदै आएको भारतले यस सम्बन्धमा सोमबार पाकिस्तानसामु प्रमाण प्रस्तुत गरेको छ । मुम्बई आक्रमण सम्बन्धमा थप छानबिन गर्न र दोषीलाई कानुनी दायराभित्र ल्याउन पनि भारतले पाकिस्तानी अधिकारीसमक्ष आग्रह गरेको छ । नोभेम्बरमा भारतको आर्थिक राजधानी मानिएको मुम्बईमा एक सय ६४ जनाको हत्या हुनेगरी भएका शृंखलाबद्ध विस्फोट पाकिस्तानस्थित लडाकुले गराएको आरोप भारतले लगाउँदै आएको छ । तर, पाकिस्तानले आरोप खण्डन गर्दै भारतले यसको प्रमाण पेस गर्नुपर्ने माग गर्दै आएको थियो । भारतका विदेश-सचिव शिवशंखर मेननले आक्रमणमा 'पाकिस्तानी तत्त्व'को हात रहेको प्रमाण पाकिस्तानका उच्चायुक्तलाई नयाँदिल्लीमा दिएको विदेशमन्त्री प्रणव मुखर्जीले बताएका छन् । प्रमाणमा आक्रमणमा बाँचेका एक आक्रमणकारीको छानबिनका क्रममा पत्ता लागेका कुरा, आक्रमणकारी र पाकिस्तानमा रहेका आरोपी, हातहतियार र स्याटेलाइट फोनबाट प्राप्त तथ्यलाई समावेस गरिएको छ ।

No comments: