News

Jan 5, 2009

वाईसीएल क्याम्प हटयो औद्योगिक क्षेत्रबाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीको बालाजु औद्योगिक क्षेत्रबाट योङ कम्युनिस्ट लिग (वाईसीएल) को क्याम्प हटेको छ। वाईसीएलले कब्जा गरेर बसेको पाँचवटा भवनमध्ये दुइवटा भवन आइतबार खाली गरिएको छ। केही सामान मात्र राखेर उनीहरू छाडेर गएको जानकारी हामीले पाएका छौं’ -औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गिरिराज भण्डारीले भन्नुभयो। उद्योगी ताहिर साहले मिराकल प्रालिको नाममा औद्योगिक क्षेत्रसँग भाडामा लिएको ५ रोपनी जग्गा र टहरामा २१ महिनाअघिदेखि वाईसीएलका कार्यकर्ता बस्दै आएका थिए। सो स्थानलाई खाली गराउनका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत पुस १४ गते १०दिने पत्र वाईसीएललाई पठाएको थियो। मिराकल नेपालले उद्योग सञ्चालनको लागि लिएको जग्गामा पाँचवटा टहरा बनाएर माओवादीका वाईसीएलका नेता र कार्यकर्ता बस्ने गरेका थिए। सो स्थानमा केही सभासदहरू समेत बस्दै आएका थिए। वाईसीएलले त्यहाँ रहेका बंगुर, माछासहित दुइवटा भवन खाली गरिसकेको स्रोतले जानकारी दिएको छ। उनीहरू बालाजु छाडेर वनस्थलीनजिक रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेसनको क्षेत्रमा सरेका छन्। ँबालाजु औद्योगिक क्षेत्र पूर्ण रूपमा छाडिसकेका छैनै, त्यहाँ अझै पनि ८० जना हाम्रा कार्यकर्ता छन्’ वाईसीएलका उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा ँसागर’ ले भन्नुभयो। उहाँले वाईसीएल सो जग्गामा निःशुल्क बसेको नभई प्रतिरोपनी वाषिर्क १० हजार रुपियाँ भाडा तिरिरहेको समेत दाबी गर्नुभयो। २४ गतेभित्र त्यहाँबाट उनीहरू नहटेमा २५ गते हामीले ताला लगाउने तयारी गरिरहेका थियौं, तर हाम्रो आग्रहलाई स्वीकार गरेर उनीहरू हटेका छन्, यसप्रति हामी कृतज्ञ छौं’ -महाप्रबन्धक भण्डारीले भन्नुभयो। उद्योग सञ्चालन गर्नुपर्ने क्षेत्रमा क्याम्प खडा गरेर बस्ने कार्यले उद्योगीले उद्योग चलाउन नपाएको र अर्कातिर बालाजु औद्योगिक क्षेत्रको औद्योगिक वातावरणसमेत खलबलिएको भन्दै संविधानसभामा समेत चर्को विरोध भएको थियो।

No comments: