News

Jan 5, 2009

माओवादी र एमालेवीच स्थानीय निकाय गठन गर्ने सहमती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादी र एमालेवीच पुस महिना भित्र स्थानीय निकाय गठन गर्ने सहमती भएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा पुस २१ गते विहान बसेको दुई पार्टीका शीर्ष नेताहरुको वैठकले यस्तो निर्णय गरेको माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । वैठकले स्थानीय निकाय गठनबारे सुझाव दिन चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा स्थानीय विकास मन्त्री रामचन्द्र झा, कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्री देवप्रसाद गुरुङ्ग, माओवादी नेता पोष्टबहादुर बोगटी, र एमाले नेता भीम रावल रहेका छन् । कार्यदलको वैठक पुस २३ गते बस्ने र २४ गते बस्ने माओवादी र एमाले सम्मिलित संयन्त्रको वैठकमा सुझाव पेस गर्ने निर्णय भएको एमाले नेता रावलले जानकारी दिए । कार्यदलले पुस २५ गतेदेखि अन्य दलसँग छलफल गर्ने भएको छ । आजको वैठकमा फागुन पहिलो साता हुन लागेको एमाले महाधिवेशनलाई ध्यानमा राखेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक महिना पछाडि सार्न दुई पार्टी सहमत भएका छन् । यसैगरी, पशुपतिनाथको मन्दिरमा नेपाली पुजारी राख्ने निर्णय परिवर्तन नगर्न एमाले र माओवादीवीच सहमती भएको पनि शर्माले बताए ।

No comments: