News

Jan 14, 2009

पत्रकार हत्याबारे संसदमा पनि विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका-संसद्को बैठकमा अधिकांश सांसदहरूले पत्रकार उमा सिंहको हत्याप्रति विरोध जनाएका छन् । पत्रकार हत्याको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले निन्दा गरिरहेका बेला सांसदहरुले समेत ऐक्यवद्धता जनाउँदै विरोध गरेका हुन् । उनीहरुले हत्याको छानबिन गरी हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरे ।पे्रसजगत्मा बारम्बार आक्रमण हुनु, तर्राईमा अपहरण, हत्या, चन्दाआतङ्क बढ्नुजस्ता कार्यले देशको शान्ति सुव्यवस्थामा नै नकारात्मक प्रभाव परेको चर्चा गर्दै पत्रकार सिंहको कायरतापूर्ण हत्याको अनुसन्धानबारे भइरहेको कामकारबाहीबारे सदनमा गृहमन्त्रीले एक घण्टाभित्र आएर जवाफ दिनुपर्ने माग गर्नुभयो । केही सभासद्हरूले पत्रकार सिंहको आक्रमणबारे गृहमन्त्रीलाई जानकारी गर्राई नाइटभिजन हेलिकोप्टर माग गरिए पनि उपलब्ध नगराइएको भन्दै गुनासो गर्नुभयो । यसैगरी सभासद्हरूले भारतले इलाममा सीमा अतिक्रमण गरेको, लोडसेडिङले गर्दा जनताले दुख भोग्नुपरेको, राजधानीमा फोहोरले गर्दा दुर्गन्धित भएर जनताको स्वास्थ्यमा असर परेको, त्रिभुवन विश्वविद्यालय बन्द भएकाले शिक्षाक्षेत्र अस्तव्यस्त भएको, अपराधीलाई राजनीतिक संरक्षणका कारण हत्या हिंसा बढेको विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु सरिता गिरी, विशेन्द्र पासवान, पद्मलाल विश्वकर्मा, गायत्री साह, कल्पना राणा, बबन सिंह, मीना पाण्डे, राधेश्याम अधिकारी, राधा ज्ञवाली, अलाउद्दिन अन्सारी, सुनिता साह, डा.प्रकाशचन्द्र लोहनी, चन्द्रप्रकाश मैनाली, रश्मिराज नेपाली, जुलीकुमारी महतो, दीलिप महर्जन, शारदा झा, गौरीमहतो कोइरी, पुरमसिंह दयाल, राजचन्द्र कुशवाहा र शत्रुधन महतो लगायतल पत्रकार हत्याको विरोध गरेका थिए ।

No comments: