News

Jan 14, 2009

सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा र व्यवस्थापिका संसद अर्न्तगतका सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नव निर्वाचित सभापतिहरुलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गले पुस २९ गते सपथ ग्रहण गराएका हुन । संविधानसभा अर्न्तर्गतको संवैधानिक समितिमा एमाले पूर्व महासचिव माधवकुमार नेपाल निर्वाचित भएका छन् । दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानलाई पराजित गर्दै नेपाल सभापतिमा निर्वाचित भएका हुन । संविधानसभा अर्न्तर्गतकै अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिमा लालबाबु पण्डित (एमाले), मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिमा विन्दा पाण्डे(एमाले), राज्यको पुनरसंरचना र राज्य शक्तिको बाँडफाँड समितिमा लोकेन्द्र विष्ट मगर(माओवादी), राष्ट्रिय हितको संरक्षण समितिमा अमिक शेरचन(माओवादी), नागरिक सम्बन्ध समितिमा मीना पाण्डे(काँग्रेस) र व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिमा रमेश रिजाल(काँग्रेस) चयन भएका छन् । त्यसैगरी जनमत संकलन तथा समन्वय समितिमा प्रमोदकुमार गुप्ता(फोरम) न्याय प्रणाली सम्बन्धी समितिमा प्रभु साह(माओवादी), सांस्कृतिक र सामाजिक ऐक्यबद्धता आधार निर्माण समितिमा नवोदिता चौधरी(राप्रपा), संवैधानिक निकायको संरचना निर्धारण समितिमा गोविन्द चौधरी(तमलोपा), प्राकृतिक स्रोत आर्थिक अधिकार तथा राजस्व बाँडफाँड समितिमा अमृता थापा मगर(माओवादी), क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिमा मृगेन्द्रकुमार सिंह यादव(फोरम) र राज्यको शासकीय स्वरुप निर्धारण समितिमा शम्भु हजरा दुसाद(काँग्रेस) निर्वाचित भएका छन् ।
व्यवस्थापिका संसद अर्न्तर्गतका समितिहरुको सभापतिमा विधायन समिति यशोदा सुवेदी गुरुङ्ग(माओवादी), विकास समिति जितेन्द्रप्रसाद सोनल(तमलोपा), अन्तराष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिम पदमलाल विश्वकर्मा(माओवादी), प्राकृतिक स्रोत र साधन समितिम शान्ता चौधरी(एमाले), र्सार्वजनिक लेखा समिति रामकृष्ण यादव(काँग्रेस), संसदीय सुनुवाई विशेष समिति कुलबहादुर गुरुङ्ग(काँग्रेस), राज्य व्यवस्था समिति रामनाथ ढकाल(एमाले), महिला वाल वालिका तथा समाजकल्याण समिति सन्ध्या देवी (फोरम), अर्थ र श्रम सम्बन्ध समिति सुशीला कन्दङवा(माओवादी) चयन भएका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्ग सुरक्षा विशेष समितिको पदेन सभापति रहेका छन् ।

No comments: