News

Jan 14, 2009

चार्ल्स शोभराजको मुद्दा पुन पुनरावेदन अदालत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतले फ्रान्सेली नागरिक चार्ल्स शोभराज गुरुमुखको जाली राहदानीको मुद्दा पुन फैसलाका लागि पुनरावेदन अदालत, पाटनमा पठाउने भएको छ । जिल्ला अदालतले खारेज गरेको मुद्दालाई पुनरावेदन अदालतले सदर गरेकोमा पुनः फैसला भएर आएपछि कर्तव्यज्यानको मुद्दासँगै फैसला गर्न न्यायाधीशद्वय मीनबहादुर रायमाझी र कल्याण श्रेष्ठको इजलासले पुनरावेदनमा पठाउने आदेश जारी गरेको हो । कर्तव्यज्यान, जाली राहदानी र अदालतको अपहेलनाको मुद्दा खेपिरहेका शोभराजको अदालतको अपहेलनाको मुद्दा भने सर्वोच्च अदालतले गत वर्ष खारेज गरेको थियो । बत्तीस वर्षअघि निदरल्याण्ड्सका हेनरिक्स बिन्ताजाका नाममा नक्कली राहदानी प्रयोग गरी नेपाल आएर अमेरिकी नागरिक कोनी जो ब्रोनिच्कोको हत्या गरेको आरोपमा शोभराजले जन्मकैदको सजाय भोगिरहेका छन् । ब्रोनिच्कोको हत्याको ठहरसहित काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएकोमा पुनरावेदन अदालत, पाटनले पनि सो फैसलालाई सदर गरेकाले फैसला बदर गर्न शोभराजले विस २०६२ भदौ महिनामा सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।चार वर्षअघि राजधानीको एक क्यासिनोबाट पक्राउ परेका शोभराजलाई सरकारी अधिकारीले हत्याको आरोपमा मुद्दा दायर गरेका थिए ।

No comments: