News

Jan 11, 2009

संविधानसभाका सभापतिहरुको चुनाव तालिका प्रकाशित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा सचिवालयले व्यवस्थापिका र संविधानसभाका सभापतिहरुको चुनाव तालिका प्रकाशित गरेको छ । व्यवस्थापिका संसद र संविधानसभा अन्तर्गतका २४ समितिका सभापति चयनका लागि संविधानसभा सचिवालयले चुनावी तालिका र्सार्वजनिक गरेको छ । पुस २७ गते विहान साढेसात बजे प्रकाशित सूचनामा समितिका सभापति लागि २४ घण्टा भित्र उमेदवारी दिनु पर्ने उल्लेख छ ।सूचनामा उल्लेख भए अनुसार, दुई वटा समितिमा सदस्य रहेका सभासदले कुन समितिमा मतदान गर्ने हो भन्ने जानकारी पनि २४ घण्टाभित्र सभामुख सुवास नेम्वाङ्गलाई दिइसक्नु पर्नेछ । केही सभासद दुई वटा समितिमा छन् र उनीहरुले एउटा समितिको सभापतिका लागि मात्र मतदान गर्न पाउनेछन् ।
पुस २९ गते बिहान ८ बजे संबिधानसभा अर्न्तर्गतका १४ तथा त्यही दिन १० बजे व्यवस्थापिका अन्तर्गतका १० समितिका सभापतिको चुनाव हुँदैछ ।

No comments: