News

Jan 11, 2009

महत्वपूर्ण जिम्मेवारीको नेतृत्व एमालेका पूर्व महासचिव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतान्त्रिक नेपालको संविधान बनाउने महत्वपूर्ण जिम्मेवारीको नेतृत्व एमालेका पूर्व महासचिव माधवकुमार नेपालले गर्ने पक्का भएको छ । संविधानसभामा शनिबार राति सभासद चुनिएर संविधानसभा संवैधानिक समितिमा चुनिएपछि उहाँले नयाँ संविधान निर्माणको नेतृत्व गर्ने पक्का भएको हो । यसअघि विभिन्न समयमा भएका छलफलहरुमा सहमति हुन नसकेकाले उहाँ उक्त समितिमा बस्ने, नबस्ने भन्ने टुंगो लागेको थिएन । पार्टीले सिफारिस गरेको अनि मुख्य दलहरुले सहमति जनाएपछि उहाँ उक्त जिम्मेवारीमा पुग्न सफल हुनुभएको हो ।संविधानसभाको शनिबार राति बसेको तेस्रो बैठकले संविधानसभामा मनोनीत नेपाल तथा स्वतन्त्र सभासद्हरू सदरुल मियाँ हक र बबन सिंहलाई संवैधानिक समितिका सदस्यमा मनोनयन गरेको थियो । उहाँहरूलाई शनिबारै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सदस्यको सपथ गराउनुभयो । बैठकले संविधानसभाका विभिन्न समितिका सदस्यको हेरफेर र नामावलीलाई समेत स्वीकृत गरेको थियो ।

No comments: