News

Jan 15, 2009

जनतामा भ्रम पर्ने अभिव्यक्ति नदिन नेताहरुलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक समितिका सभापति एवं एमाले नेता माधवकुमार नेपालले मुलुक संविधान लेखनको जटिल प्रक्रियामा रहेकाले जनतामा भ्रम पर्ने अभिव्यक्ति नदिन जिमेवार पदमा बसेका नेताहरुलाई आग्रह गर्नुभएको छ । विराटनगरमा सञ्चारकर्मीसित कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।सरकार ढाले जनविद्रोह हुने अनि सत्ता कब्जा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइप्रति संकेत गर्दै नेपालको यस्तो भनाइ आएको हो । प्रधानमन्त्रीलाई सन्तुलित अभिव्यक्ति दिएर सबैलाई समेटेर अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

No comments: