News

Jan 15, 2009

१९ दिने दोस्रो जनआन्दोलनको उद्देश्य अझै पूरा नभएको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ऐतिहासिक दस वर्षे जनयुद्ध र १९ दिने दोस्रो जनआन्दोलनको उद्देश्य अझै पूरा नभएको बताउनुभएको छ । पूरा नभएकाले जनता पुन सङ्घर्षको मैदानमा उभिनुपर्ने बताउनुभभयो । 'थारू राष्ट्रिय माघी महोत्सव-२०६५' को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।मुलुकको एकतालाई विखण्डित गर्न केही शक्तिहरू सक्रिय भइरहेको भन्दै उहाँले तर उनीहरू नेपाली जनताको अगाडि परास्त हुनेछन् भन्नुभयो । प्रधानमन्त्रीले विकृति र विसंगतिमा लागेका पुराना अनुहारहरू शान्ति-प्रक्रिया सफल हुन नदिने षड्यन्त्रमा लागेको बताउँदै जनताको प्रगति रोक्न खोजियो भने ठूलो जनविद्रोह हुने र त्यसले सबै षड्यन्त्रकारीहरूलाई समाप्त पार्ने चेतावनी पनि दिनुभयो ।संविधान नेपाली जनताले बनाउने विषय भएकाले यो संकल्प पूरा गर्न आपसी सद्भाव, एकता र राजनीतिक सहमति हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

No comments: