News

Jan 4, 2009

सेनामा भर्ना नरोके कारबाही गर्छु - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमै रहेको नेकपा (माओवादी) को जनमुक्ति सेनाले नेपाली सेनामा भर्नाप्रक्रिया अगाडि बढाइएकोप्रति आपत्ति गर्दै सरकारले नरोके जनमुक्ति सेना चूप लागेर नबस्ने चेतावनी दिएको छ। जनमुक्ति सेनाका सातै डिभिजनका कमान्डर तथा डेपुटी कमान्डरसहितको शनिबारदेखि राजधानीमा प्रारम्भ भएको बैठकले विस्तृत शान्तिसम्झौताविपरीत नेपाली सेनामा भर्ना लिइरहँदा पनि आफनै पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले के हेरेर बसेको छ भनी प्रश्न उठाएको छ।बैठकमा जनमुक्ति सेनाका डिभिजन कमान्डरहरूले भर्नाप्रक्रिया नरोकिए आफूहरूले पनि आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी दिएको बैठकस्रोतले बताएको छ।पार्टीयक्ष प्रचण्डको निजी निवास नयाँ बजारमा प्रारम्भ भएको बैठकमा डिभिजन कमान्डरहरूले नेपाली सेनाले अझै पनि निहुँ खोज्न नछोडेको भनी तीखो टिप्पणीसमेत गरेका थिए। बैठकका सहभागीले नेपाल समाचारपत्रलाई जानकारी गराएअनुसार प्रधानमन्त्री एवम् पार्टीयक्ष प्रचण्डले सरकारले भर्नाप्रक्रिया रोक्न निर्देशन दिइसकेको र यदि नरोकेमा कारबाही गर्ने चेतावनी दिनुभएको थियो। प्रधानमन्त्री एवम् अध्यक्ष प्रचण्डले आफना जनमुक्ति सेनालाई केही समय धैर्य गर्न पनि आग्रह गर्नुभएको थियो।जनमुक्ति सेनाका कमान्डरहरूले धेरै दिनको धैर्य स्वीकार्य नहुनेतर्फपनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षा गराएको एक कमान्डरले नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्।प्रधानमन्त्री प्रचण्डले सेनाले गरेको भर्नाप्रक्रियाका बारेमा अन्य दलसँग परामर्श गरी थप निर्णया पुगिने पनि जानकारी बैठकलाई गराउनुभएको बताइएको छ।नेपाली सेनाले २ हजार ४ सय जनाको खाली दरबन्दी पूर्ति गर्न हाल झन्डै ४९ हजारसँग परीक्षा लिने कार्य अगाडि बढाएको छ। सेनाले त्यसबापत करिब ५० लाख राजस्व उर्ठाई राजस्व कोषमा बुझाइसकेको छ। कानुनअनुसार राजस्व कोषमा जम्मा भइसकेको रकम फिर्ता गर्न मिल्दैन। सेनाले भर्नाप्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै यसलाई रोक्न नमिल्ने कुरा पनि सरकारलाई बताइसकेको छ।प्रधानमन्त्री प्रचण्डले सबैखाले अवरोध चिरेर पनि सेना समायोजन प्रक्रिया थालिने आश्वासनसहित बैठकलाई जानकारी गराउनुभएको थियो। उहाँले सेना समायोजन विशेष समिति पुनर्गठनमा ढिलाइ भए पनि त्यससम्बन्धी गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको जानकारी गराउनुभएको बताइएको छ।प्रधानमन्त्री प्रचण्डले माओवादीलाई सरकारमा असफल बनाउन देशीविदेशी अनेक षड्यन्त्रमा लागे पनि त्यो षड्यन्त्रलाई चिर्दै सरकार अगाडि बढेको र सरकार-सदन र सडकबाट एकैसाथ क्रान्तिलाई नयाँ ढंगले सम्पन्न गरिने बताउनुभएको छ। बैठकमा उहाँले आफना जनमुक्ति सेनालाई चिन्तित नहुन आग्रह पनि गर्नुभएको थियो।सो बैठकले आगामी फागुन १ गते जनमुक्ति सेना दिवस मनाउने निर्णयगरेको छ। नवलपरासीको झयाल्टुङडाँडास्थित चौथो डिभिजनमा जनमुक्ति सेना दिवस मनाउने निर्णयभएको छ। जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन पासाङ’ले बैठक जारी रहेको र जनरल स्टाफ बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नेछ भन्नुभएको छ।

No comments: