News

Jan 10, 2009

प्रेमको औषधी अनुसन्धानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रेम-सम्बन्ध, वैवाहिक-सम्बन्ध बिगि्रएका कारण चिन्तित हुनुहुन्छ ? चिन्ता नलिनूस् । अब प्रेम-सम्बन्ध सुधार्ने औषधी बनेको छ । प्रेम सम्बन्धित रसायनको अध्ययन गरिरहेका वैज्ञानिकले प्रेमको औषधी सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । वैज्ञानिक ल्यारी योङले अटिजम रोगबारेमा अध्ययन गर्दैछन् । यस रोगले मानिसले सामाजिक सम्बन्ध बनाउने क्षमतामा असर गर्छ । योङले भावानात्मक सम्बन्ध बनाइराख्ने मस्तिष्कका रसायनको बारेमा अध्ययन गरेर अटिजम रोगका कारण र यसको उपचार पत्ता लगाउन चाहन्छन् । 'प्रेम सम्बन्धित रसायनको प्रभाव रोक्न जीव-वैज्ञानिक छिट्टै सफल हुनेछन्'- एटलान्टास्थित इमोरी विश्वविद्यालयको यर्केस नेसनल पि्रमेट रिसर्च सेन्टरका योङले नेचर जनरलमा लेखेका छन् । उनले मुसा प्रजातिमा पर्ने एक जनावरमा गरेको अध्ययनले सही हर्माेनले आपसी सम्बन्धलाई पूर्ण परिवर्तन गर्न सकिने देखाएको छ । यस अध्ययन मानवीय सम्बन्धका लागि पनि मोडल हुने योङ बताउँछन् । मानिसजस्तै यो प्रजाति पनि जीवनभरका लागि एकैजना दाम्पत्य-जीवन बिताउने र सँगै बच्चा हुर्काउनेगर्छ । तर, यो प्रेम-व्यवहारलाई हर्माेन प्रयोग गरेर सजिलै परिवर्तन गर्न सकिने योङ बताउँछन् । औषधी प्रयोग गरेपछि उनीहरू अर्कैजस्तै प्रेम गर्न सक्छन् । आफ्नो श्रीमान्श्रीमती वा प्रेमीप्रेमिकालाई चटक्कै बिर्सन सक्छन् । 'प्रेम रसायनिक प्रक्रिया हो । महिलालाई विगतको सम्बन्धबाट छुटाएर अर्कै पुरुषसित 'अक्सिटोसिन' रसायन मस्तिष्कमा हालेर राख्याँै भने ती महिला अर्काे पुरुषसँग छिट्टै प्रेममा पर्छिन्, पहिलेको सम्बन्धलाई छोडिदिन्छिन् भन्ने हामीले मुसाभित्र पर्ने प्रजातिमा गरेको अनुसन्धानबाट थाहा पायौँ'- उनले भने । त्यही किसिमले प्राकृतिक रूपमा भएको 'अक्सिटोसिन' निकाल्दा जतिसुकै प्रेम-सम्बन्ध, यौन-सम्बन्ध भएको पुरुषलाई पनि महिलाले अस्वीकार गर्छिन् । 'अक्सिटोसिन' हर्माेन प्रेम, भावनात्मक सम्बन्धसँग सम्बन्धित छ । 'नाकमा अक्सिटोसिन छर्किनाले मानिसमा आत्मविश्वास र भावनात्मक सम्बन्ध बढाउने अनुसन्धानले देखाएको छ'- योङले लेखेका छन् । जीवनमा डेटिङ र प्रेम- सम्बन्ध बढाउन औषधी 'इनह्यान्सड लिक्विड ट्रस्ट' र 'पेरोमोन्स' व्यवसायीले इन्टरनेटमार्फत बिक्री गरिरहेको योङले बताए । यो बिगि्रएको वैवाहिक तथा प्रेम-सम्बन्ध सुधार्न प्रयोग हुन सक्ने योङको राय छ । 'वैवाहिक थेरापीसँगै यी औषधी प्रयोग गरेमा यसले चाहेको नतिजा दिन्छ'- उनी भन्छन् । मानिसलाई नजिक बनाउन प्रेमको उत्पत्ति भएको उनको धारणा छ । मानिसजस्तै अन्य जनावरमा प्रेम-सम्बन्ध हुने उनी बताउँछन् । 'प्रत्येक स्तनधारी जनावर आमा भएपछि बच्चासँग विशेष प्रकारको सम्बन्ध राख्छन् । बच्चाको सुरक्षका लागि जे गर्न पनि तयार हुन्छन् । मस्तिष्कमा हुने रसायनले यस सम्बन्धलाई बलियो र ताजा बनाइराख्छ'- उनले भने । मन नपरेको व्यक्तिले चिया, कफी वा अन्य पेयपदार्थमा प्रेम-औषधी हालेर प्रेममा पार्ने दिन टाढा नभएको योङ बताउँछन् । 'आखिर प्रेम पागल नै त हुन्छ !'

No comments: