News

Jan 8, 2009

नेपाल सम्वतको वार्षिक क्यालेन्डर सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सम्वतको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान, मध्यपुरले नेपाल सम्वत्को व्यावहारिक प्रयोग गर्न सकिने वैज्ञानिक आधारसहितको भक्तपुरमा बुधबार सार्वजनिक गरेको हो ।प्रतिष्ठानद्वारा आयोजित पत्रकार सम्मेलनमा क्यालेण्डर निर्माताहरू देवदास मानन्धर र समीर कर्माचार्यले नेपाल सम्वत्को क्यालेण्डर व्यावहारिक हुँदैन र यसलाई सरकारी कामकाजका लागि प्रयोग गर्न सकिंदैन भन्ने भनाइ गलत भएको बताउनुभयो । उहाँहरूले सम्मेलनमा क्यालेण्डरको प्रयोगबारे पनि जानकारी दिनुभएको थियो ।प्रतिष्ठानका सचिव श्याम मानन्धरले नेपाल सम्वत्को क्यालेण्डरमा प्रतिपदालाई पहिलो दिन मान्ने गरिएको बताउँदै नेपाल सम्वत्मा वर्षमा ३५४ दिन हुने जानकारी दिनुभयो । प्रतिष्ठानका सहसचिव ज्ञानराम श्रेष्ठले क्यालेण्डरमा धर्म, मिति, तिथि सबै मिलाएर राखिएकाले नेपाल सम्वत् अत्यन्तै व्यावहारिक भएको स्पष्ट पार्नुभयो ।

No comments: