News

Jan 8, 2009

सेना समायोजन समितिको संयोजकमा प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समयदेखि विवादमा आएर पूर्णता पाउन नसकेको माओवादी सेना समायोजन समितिको संयोजकमा प्रधानमन्त्री रहने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा आठ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो ।यसअघि उक्त समितिको संयोजकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतम रहनु भएको थियो । समितिमा प्रमुख राजनीतिक दलहरू नेकपा माओवादी, नेकपा एमाले, नेपाली काङ्ग्रेस र मधेशी जनअधिकार फोरमबाट दुइ-दुइजना सदस्य रहने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

No comments: