News

Jan 10, 2009

सरकार र राजन मुक्ति समूहबीच ६ बुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र जनतान्त्रिक तराइ मुक्ति मोर्चा राजन मुक्ति समूहबीच ६ बुँदे सहमति भएको छ ।जनकपुरमा आज भएको वार्तामा राजनमुक्तिको वार्ता टोलीको सुरक्षा वार्ता अवधिभर सरकारले गर्ने, राजनमुक्तिले सशस्त्र गतिविधि स्थगित गर्ने र कानुनले निषेध गरेका कुनै पनि क्रियाकलाप नगर्ने सहमति भएको छ । यसैगरी, अबदेखि सरकारले राजनमुक्तिका कार्यकर्तालाई, राजनैतिक रुपमा व्यवहार गर्ने र जेलमा परेका र मुद्धा लगाइएका कार्यकर्ताहरूको सूची सरकारलाई बुझाउने र सरकारले छानविनपछि क्रमशः रिहा गर्दै जाने सहमति पनि भएको छ । त्यस्तै आगामी वार्ताको लागि मध्यस्थकर्ताको आवश्यकता परेमा दुवैको आपसी सहमतिमा टुङ्गो लगाइनेछ । शनिबार भएका सहमतिहरूको विषयमा कुनै समस्या आएमा प्रमुख जिल्ला अधिकारी र राजनमुक्तिले तोकेको प्रतिनिधिको समन्वयमा समाधान गर्ने सहमति पनि भएको छ ।

No comments: