News

Jan 6, 2009

एकता केन्द्र मसाल आजदेखि सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीसँग एकताको तयारीमा रहेको एकता केन्द्र मसाल आजदेखि सार्वजनिक भएको छ, जसअनुसार पत्रकार सम्मेलन गरी आफ्नो केन्द्रीय कमिटी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सो पार्टीको पोलिटव्यूरोमा प्रकाश, नरबहादुर कर्माचार्य, अमिक शेरचन, स्वनाम, गिरिराजमणि पोखरेल, दिलबहादुर श्रेष्ठ, निनु चापागाईं, भीमप्रसाद गौतम, लीलामणि पोखरेल रहेका छन् । पार्टीको वैधानिक मोर्चा जनमोर्चा मार्फत् क्रियाशील यस पार्टीका अधिकांश सदस्यहरूले अहिले पार्टीका नाममा सार्वजनिक भएका हुन् । सार्वजनिक भएको केन्द्रीय कमिटीका सदस्यहरूमा घनश्याम पौडेल, विश्वनाथ साह, रामकुमार यादव, दीपबहादुर योञ्जन, धर्मचन्द्र लावती, विश्वभक्त दुलाल (आहूति), ईश्वरी भट्टराई, शशि श्रेष्ठ, प्रल्हाद बुढाथोकी, कमानसिंह लामा रहेका छन् । त्यस्तै अन्य सदस्यहरूमा डीआर पौडेल, कर्णध्वज केसी, पेशल खतिवडा, राजू खडका, किसन शर्मा, प्रकाश पोखरेल, अञ्जना विसंखे, दावा लामा, जगत सार्की र माधव कोइराला छन् । देवेन्द्रलाल श्रेष्ठ र अम्बर सल्लाहकारमा रहेका छन् । मा‌ओवादी र यस केन्द्रीय कमिटीलाई एक बनाइ महाधिवेशन आयोजक समिति बनाइने भएको छ ।

No comments: