News

Jan 8, 2009

बालकले आफनो हातको औंला टोकेर सिध्याइसके

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मान्छेले मान्छेको मासु खान्छ भन्दा सबैलाई अनौठो लाग्छ। तर नुवाकोटको ग्रामीण भेगका एक बालकले आफनो हातको औंला टोकेर सिध्याइसकेका छन्। नुवाकोटको पूर्वी थप्रेक गाविस-३ का ८ वषीय बालक शोकबहादुर थापाले आफनै हात टोकेर मासु खान थालेपछि परिबार मात्र होइन, सम्पूर्ण गाउँले नै अचम्ममा परेका छन्।सानै उमेरमा दाँत उम्रन शुरू गरेपछि हात टोक्न थालेका थापाले हाल आठ वर्षो उमेरसम्म आइपुग्दासमेत सो बानी नछोडेपछि कहिले हात बाँध्ने त कहिले उनको मुख छोपेर राख्न बाध्य भएको पीडित परिवारले बताएका छन्। रगतैरगत हुने गरी आफनै औंला टोक्ने गरेका बालक थापालाई अहिले पशुलाई बाली नखाओस् भनेर मुखमा महला (टोकरी) लगाएजस्तै गरी राख्नुपरेको उनका पिता सहबहादुर थापाले बताए।शारीरिक रूपमा अशक्त रहेका सहबहादुरले छोराको उपचारका लागि दर्जनौं अस्पताल चहारिसकेको बताए। तर पनि छोराको बानीमा सुधार नआएपछि कहिले हात बाँध्ने त कहिले मुख बाँध्ने गर्न बाध्य भएको उनले बताए। एकैछिन हात खुल्ला छाडियो कि हात टोकेर मासु चपाउन थालिहाल्छ। त्यसैले कहिले पन्जा लगाउने त कहिले महला लगाउने गरिरहेका छौं। अति नै टोक्न थाल्यो भने हात पछाडि लगेर बाँध्ने गरेका छौं’ -पिता भन्छन्।छोराको उपचार गर्दागर्दै सम्पत्ति सकिएर सुकुम्बासी बनिसकेका थापापरिवार अहिले र्सार्वजनिक जग्गामा टहरा बनाएर बसिरहेको छ। जन्मँदा नै अस्वस्थ रहेका छोराको आफनो शरीरमा टोकिरहने बानीबाट दिक्क र आजित भएका सहबहादुर परिवारले छोराको उपचारका लागि विभिन्न सरकारी निकायमा समेत गुहारिसकेको छ।दुइ श्रीमती रहेका सहबहादुरकी कान्छी श्रीमतीबाट जन्मिएका शोकबहादुरको यो क्रियाकलापले उनी मात्र होइन, सारा गाउँले नै अचम्म र दिक्दारीमा परेका छन्। आफैले टोकेर औंला सिध्याइसकेका शोकबहादुरलाई अपांगको दर्जामा राखेर सरकारले उपलब्ध गराउँदै आएको मासिक भत्ता उपलब्ध हुने आशा उनको परिवारले लिएको छ।थप्रेक गाविसले समेत उनको उपचारका लागि पहल गरिदिन विभिन्न संघसंस्थालाई आग्रह गरेको सो गाविसका सचिव मधु खनालले बताउनुभयो।

No comments: