News

Jan 8, 2009

'पशुपतिमा नयाँ पुजारी नियुक्ति बदर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरका पुजारीहरूले विभिन्न मितिमा दिएको राजिनामा स्विकृति र नयाँ पूजारीहरूको नियुक्तिसम्बन्धी सबै कामकारबाहीहरू बुधबारदेखि बदर गरिएको बताउनुभएको छ । संसद बैठकमा प्रधानमन्त्रीले बुधबार यस्तो जानकारी दिनु भएको हो ।प्रधानमन्त्री दाहालले पशुपतिनाथ मन्दिरका पुराना मूल पूजारी मूलभट्ट र अन्य पूजारीहरूले पेस गरेको राजीनामा मितिबाट स्विकृत गरिएको साथै सम्मानित सर्वोच्च अदालतबाट हालै भएको आदेशलाई समेत सम्मान गर्दै अर्को मूल पूजारी, र अन्य पूजारीहरूको नियुक्ति नभए सम्मका लागि सनातनदेखि चलिआएको नियमित नित्य पूजा सञ्चालन उहाँहरूबाट गर्न गराउन पनि आग्रह गरिएको बताउनुभएको छ । पशुपति क्षेत्र विकास कोषको संरक्षक समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले नित्य पूजामा कुनै किसिमको अवरोध नहुने गरी पूजा सञ्चालन गराउन पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्लाई निर्देश गरेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको मूल पूजारी तथा अन्य पूजारी र वासुकीनाथको मन्दिरको पूजारीको नियुक्तिका लागि कानुनसम्मत ढङ्गबाट उपयुक्त र योग्य उम्मेदवारहरू सिफारिस गरी नियुक्तिका लागि पशुपति क्षेत्र विकास कोषका संरक्षकसमक्ष पेस गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्लाई निर्देशन गरिएको जानकारी दिनुभयो ।

No comments: