News

Jan 10, 2009

एमाले माओवादी नेतृत्वको सरकार ढलाइदिने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमाले महासचिव झलनाथ खनाल र नेता केपी शर्मा ओलीले माओवादी नेतृत्वको सरकार जुनसुकै बेला ढलाइदिने चेतावनी दिनुभएको छ। युथफोर्स नेपालको प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै दुवै नेताले माओवादी सहमतिविपरीत अघि बढिरहेको आरोप लगाउनुभयो। महासचिव खनालले सरकारको साँचो आफनो हातमा भएको दाबी गर्दै जुनसुकै बेला चाबी घुमाएर सरकार ढाल्न सक्ने बताउनुभयो। पछिल्लो समयमा माओवादीले एमालेका कार्यकर्तामाथि आक्रमण नरोकेको बताउँदै उहाँले तत्काल माओवादीले व्यवहार सुधार नगरे सरकारबाट बाहिरिने चेतावनी दिनुभयो।सहमतिविपरीत निर्णय गर्दै जाने माओवादी नेतृत्वको औचित्य समाप्त हुन लागेको उल्लेख गर्दै महासचिव खनालले व्यवहार सच्याउनसमेत आग्रह गर्नुभयो। माओवादीको फुच्चे सरकार ढाल्न कुनै अप्ठयारो नभएको बताउँदै एमाले नेता ओलीले माओवादीले हतियारको दम्भ नत्यागे सरकार फालिदिने चेतावनी दिनुभयो। ँसरकार उखेलेर डस्टबिनमा फाल्दिन्छौं’ -नेता ओलीले भन्नुभयो।एमालेका कार्यकर्तामाथि छानीछानी आक्रमण गरेको उल्लेख गर्दै नेता ओलीले भन्नुभयो- ँहात भाँची माग्न एमाले कार्यकर्ता जन्मिएका होइनन्, वाईसीएलमाथि कारबाही गरेर छाड्नेछन्।युथ फोर्सका अध्यक्ष महेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाईसीएलको ज्यादतीविरुद्ध लड्दा घाइते भएका युथफोर्समा जोग गुरुङ, सुशील महर्जन, अर्जुन गुरुङ र गणेश हमाललाई सम्मान गरिएको थियो। राष्ट्रिय भेलामा एमाले नेता गोकर्ण्र्ाावष्ट, प्ररायुसंघ नेपालका अध्यक्ष अजम्बर काङवाङ र्राई, युथफोर्सका उपत्यका इन्चार्ज रामेश्वर श्रेष्ठलगायतले वाईसीएल गतिविधिविरुद्ध लाग्न एकजुट हुनुपर्ने बताए। भेला आज शनिबारसम्म चल्ने कार्यक्रम छ।

No comments: