News

Jan 15, 2009

चीनमा बच्चा चोर्ने गिरोहलाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ प्रहरीले दक्षिण चीनमा बच्चा चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहले हुनान प्रान्तको युयाङ सहरमा दुईदेखि तीन वर्षका बच्चाहरू चोरेर बेच्ने गरेको बताइएको छ । सहरमा अस्थायी कामको खोजीमा आएका अभिभावकका बच्चाहरू खेलिरहेका वा सुतिरहेका वेला गिरोहले चोर्ने गरेको बताइएको छ । बच्चाहरू एक सय २५ डलरदेखि तीन हजार आठ सय डलरसम्म बेच्ने गरेको बेइजिङ न्युजले उल्लेख गरेको छ । गिरोहको कब्जाबाट पाँच बालबालिकालाई उद्धार गरिएको बताइएको छ भने १३ सन्धिग्द अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । बच्चालाई दिउँसै मोटरसाइकलमा आएका गिरोहले चार्ने गरेको पनि बताइएको छ । चीनमा अहिले बालबालिका चोर्ने समस्या निकै बढेको छ ।

No comments: