News

Jan 9, 2009

जँड्याहाले प्रहरीको राइफल र केही गोली लुटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरी नियन्त्रणमै रहेका 'जँड्याहा'ले नाटकीय शैलीमा थ्री-नट-थ्री राइफल र केही गोली लुटेपछि रातभर सिन्धुपाल्चोक प्रहरीमा खैलाबैला मच्चियो । युनिटका प्रहरीदेखि डिएसपीसम्म निकै तनावमा परे । त्यतिवेला उनीहरूले आनन्दको सास फेर्न पाए, १३ घन्टापछि लुटिएको हतियार फेला पर्‍यो । तर, लुटेरा फेला नपरेकाले प्रहरी ढुक्क हुन भने सकेको छैन ।तालामाराङ प्रहरीको नियन्त्रणमा रहेका जँड्याहाले सुरक्षाघेराबाटै बुधबार बेलुका राइफल लुटेर भागेका हुन् । लुटिएका हतियार बिहीबार बिहान भेटे पनि लुटेरा फेला नपरेपछि जिल्लाभरकै प्रहरी संयन्त्र उसकै खोजीमा परिचालित छ ।मंगलबार महाँकाल गाविसको गाउँ परिषद् बैठक बसेको थियो । रकम बाँडफाँटमा कुरा नमिलेपछि परिषद् बैठक विवादबीच नै सकियो । सो विवादले बेलुका तालामाराङ बजारमा उग्ररूप लियो, विवाद बढाउने काम गरेको थियो, मदिराले । स्थानीय गंगा देउजाको होटलमा १८-२० जना युवा मदिराको तालमा परिषद्को समीक्षा गरिरहेका थिए । चौकीकै छेउमा अशान्ति भएपछि प्रहरीले उनीहरूलाई होहल्ला नगरी घर जान आग्रह गर्‍यो । प्रहरीको आग्रहपछि केहीबेर शान्त बजारमा फेरि होहल्ला सुरु भयो । प्रहरीले जँड्याहामध्ये तीनजनालाई फक्राउ गर्‍यो । त्यसपछि यताउति लागेका सबै युवा फिल्मी शैलीमा अरिंगालको गोलोझैं प्रहरीमाथि खनिए र हातको हातै हतियार लुटियो । प्रत्यक्षदर्शीका अनुसार पक्राउ पर्नेमध्ये एकले सिठी बजाएपछि तितरबितर भएका युवाको समूहले प्रहरीलाई घेर्‍यो र एकजनाले प्रहरीमाथि खुकुरी प्रहार गर्‍यो । खुकुरी प्रहारबाट प्रहरी जवान राजकुमार श्रेष्ठ ढलेपछि उनैको साथमा रहेको थ्री-नट-थ्री राइफल प्रहरी नियन्त्रणमै रहेको जँड्याहाले लुटेर भाग्यो ।घटनापछि जिल्लाभरका प्रहरी तालामाराङ क्षेत्रमा परिचालन गरियो । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमोदकुमार खरेल सदरमुकामबाट एक टोली लिएर घटनास्थल पुगे । बिहान नौ बजे घटनास्थलबाट एक घन्टा दूरीमा रहेको महाँकाल-३ स्थित उर्लेनीको जंगलमा लुटिएको हतियार र त्यसका ६ वटा गोली प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दधिराम न्यौपानेले उर्लेनीकै युवाद्वारा हतियार लुटिएको बताए । घाइते जवान श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ ।

No comments: