News

Jan 16, 2009

आयोग उपाध्यक्षमा शर्मा, गभर्नरमा क्षेत्री नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा गुणनिधि शर्मा तथा सदस्यमा राममणि पोखरेल, दिनेश देवकोटा, प्रेम कुँवर र लक्ष्मी देवकोटालाई नियुक्त गरेको छ । त्यस्तै नेपाल राष्ट्र बैंकको गर्भनरमा डा.दीपेन्द्रबहादुर क्षेत्रीलाई नियुक्त गरिएको छ ।मन्त्रिपरिषद वैठकपछि जानकारी दिंदै सञ्चारमन्त्री कृष्णबहादुर महराले सुकुम्वासी आयोगका अध्यक्षमा कैलाश महतो तथा सदस्यमा पार्वती दुलाल, दीपक राइ र वसन्ती चौधरीलाई नियुक्त गरको छ । बैठकले प्रधानमन्त्रीको अध्यक्षमा सुरक्षा परिषद्को गठन गरेको समेत उहाँले जनाउनुभयो । परिषद्मा रक्षा, गृह र परराष्ट्रमन्त्री सदस्य रहनुहुने छ ।त्यस्तै सेना समायोजन विशेष समितिका अध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल तथा सदस्यमा उपप्रधानमन्त्री वामदेव गौतम, रक्षामन्त्री रामबहादुर थापा 'बादल', मधेसी जनअधिकार फोरमका जयप्रकाशप्रसाद गुप्ता र मोहम्मद हविउल्लाह तथा एमालेका भीम रावल रहनुभएको छ । यसैगरी, बैठकले श्रमजीवी पत्रकार नियमावली संशोधनसहित पारित गरेको छ ।

No comments: