News

Jan 5, 2009

किराँत राई वान्तावाको वृत्तचित्र धनकुटामा प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किराँत राई वान्तावाको विषयवस्तु समेटिएको वृत्तचित्र आइतबार धनकुटामा प्रदर्शन गरिएको छ । किराँत राई पत्रकार संघ धनकुटाले सञ्चारकर्मी, लेखक र सभासद्हरूबीच प्रदर्शन गरेको वृत्तचित्रमा किराँत राई वान्तावा जातिको जन्मदेखि मृत्युसम्मका संस्कारहरू समेटिएको छ । वृत्तचित्र हेरेपछि सो वृत्तचित्रका बारेमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभासद् एवं लोकतान्त्रिक किराँत राई संघका केन्द्रीय अध्यक्ष राजकुमार राईले वृत्तचित्र राई जातिका लागि मात्र नभएर समग्र मुलुकका लागि राम्रो सम्पत्ति भएको बताए । सभासद् लीला सुब्बाले वृत्तचित्र आदिवासी जनजातिका लागि सांस्कृतिक सम्पत्ति भएको बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विजयसन्तोषी राई, आदिवासी जनजाति महासंघका सन्तवीर लामा, प्राध्यापक तेजनारायणसिंह राईलगायतले राई वान्तावा जातिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र भाषिक विषयमा जानकारी लिन चाहनेले सो वृत्तचित्र हेर्नुपर्ने बताए ।

No comments: