News

Mar 3, 2009

जनमुक्ति सेनाको भर्ती नरोकिने - पासाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनमुक्ति सेनाले शान्ति प्रक्रिया मिचेको नेपाली सेनालाइ ठाउँमा ल्याउन आफुले भर्ती खोलेको भन्दै पार्टी अध्यक्षले भन्दैमा भर्ती नरोकिने जनाएको छ ।जनसञ्चार अभियानले काठमाण्डोमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङले आफ्नो भर्ती प्रसंग पार्टीसंग जोडिएको नभई राज्यसँग जोडिएको र पार्टी अध्यक्षले भन्दैमा भर्ती नरोकिने बताउनुभयो । अरुले शान्ति प्रक्रिया पालना नगरे आफुहरुले मात्रै पालना गर्नुपर्छ भन्ने बाध्यता नहुने भन्दै पासाङले नेपाली सेनाको भर्ति नरोकिए आफ्नो भर्ती नरोकिने बताउनुभयो ।

No comments: