News

Mar 3, 2009

श्रीलंकाली राष्ट्रपतिको भ्रमण छोट्टियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाकिस्तानमा मुलुकको कि्रकेट टोलीमाथि आक्रमण भएपछि श्रीलंकाका राष्ट्रपति महेन्दा राजपाक्षे भ्रमण छोट्याएर काठमाडौंबाट श्रीलंका फर्केकाछन् ।तीन दिने नेपाल भ्रमणमा आएका श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे भ्रमण छोट्याएर फागुन २० गते नै स्वदेश फर्केका छन् । पाकिस्तानको लाहोरमा श्रीलंकाली क्रिकेट टोलिमाथि आज आक्रमण भएपछि राष्ट्रपति राजपाक्षे भ्रमण छोट्याएर स्वदेश फिर्ता भएका हुन । राष्ट्रपति डा रामवरण यादवको निमन्त्रणामा नेपाल आएका राजपाक्षेको फागुन २१ गते श्रीलंका फर्कने कार्यक्रम थियो ।राजपाक्षेले राष्ट्रपति डा यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत बिशिष्ठ व्यक्तिहरुसँग भेटवार्ता गरेका छन् ।

No comments: