News

Mar 3, 2009

सभासद् चढेको गाडीमा तोडफोड र आगजनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थारुलाई मधेसी कोटामा राखिएको भन्दै थारु कल्याणकारीणी सभा लगायतका थारु संघ संस्थाहरुले गरेको तराई वन्दका क्रममा सभासद् चढेको गाडीमा तोडफोड र आगजनी गरिएको छ ।सभासद्हरु निलाम्बर आचार्य, शुष्मा शर्मा घिमिरे र शिवराज गौतम चढेको गाडीमा तुलसीपुर-८ दोघरेमा आगजनी र तोडफोड भएको हो । सभासद्हरुले प्रयोग गरेको आन्तरिक राजश्व कार्यालयको रा १ झ ९६ नं. को गाडीमा बन्दकर्ताहरुले आगजनी गरेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । सभासद्हरुसँगै प्रहरी भएकाले आगो तत्काल निभाइएको र गाडीमा सामान्य क्षती पुगेको प्रहरीले बताएको छ । यसैगरी सभासद्का कर्मचारी चढेको तुलसीपुर नगरपालिकाको बा १ झ ७१८ नं को गाडीमा बन्दकर्ताहरुले ढुंगामुढा गरेका छन् । सभासद्हरु संबिधान निर्माणका लागि सुझाव संकलन गर्न पञ्चकुले र धनौरीतर्फ जाँदै गर्दा गाडीमा तोडफोड भएको हो । उक्त घटनापछि प्रहरीको कडा सुरक्षाबीच सभासद्हरु गाउँ गएका थिए । यसैगरी बन्दकर्ताहरुले तुलसीपुरकै दोघरेमा रा १ प ८९६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन । त्यस्तै पार्कीङका लागी वसपार्कमा लैजादै गरेको ना ३ ख ८१२५ नम्वरको वसमा पनि वन्दकर्ताहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी तोडफोडमा संलग्न भएको भन्दै उरहरी-८ का जनक चौधरी र धनौरी-१ की कल्पना चौधरीलाई पक्राउ गरेको छ ।

No comments: