News

Mar 2, 2009

सुझाव संकलनका संविधान सुझावपेटिका रित्तै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधान निर्माणका लागि सर्वसाधारणका राय तथा सुझाव संकलनका लागि पर्वतका सरकारी कार्यालयमा राखिएका सुझावपेटिकामा एउटा पनि सुझाव परेको छैन । संविधानसभा सचिवालयको निर्देशानुसार गत ४ माघमा जिल्लाका तीन दर्जन सरकारी कार्यालयमा सुझावपेटिका राखिएका छन् । तर, ती सुझावपेटिकामा अहिलेसम्म केही नपरेको सम्बन्धित कार्यालयले जनाएका छन् । 'सुझावपेटिका राखिएको डेढ महिना बितिसक्दा कुनै पनि कार्यालयमा राखिएका पेटिकामा सुझाव परेको छैन,' सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले भने, 'सुझाव संकलन टोली आउने समय नजिकिँदै छ, तर सुझावपेटिका रित्तै छन् ।' सचिवालयले संविधान निर्माण मस्यौदा समितिका पदाधिकारीहरू सुझाव संकलनका लागि जिल्ला आएको वेला दिनेगरी यसअघि पेटिका राख्न निर्देशन दिएको पौडेलले जानकारी दिए । उनका अनुसार सचिवालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुझाव संकलन गर्न निर्देशनसमेत दिएको छ । यसैबीच, जिल्ला विकास समिति पर्वतले सबै गाविसमा संविधानका लागि राय सुझाव संकलन गर्न सुझावपेटिका राख्न निर्देशन दिएको छ । 'प्रशासनले कुनै निर्देशन नदिए पनि जिविसमार्फत गाविसलाई निर्देशन दिएका छौँ,' स्थानीय विकास अधिकारी विष्णुबहादुर थापाले भने ।

No comments: