News

Mar 2, 2009

अभिनेत्री रेखा थापा कामुक हिरोको खोजी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कामुक हिरो नभेटिएपछि अभिनेत्री रेखा थापा तनावमा परेकी छिन् । 'दुई साता भइसक्यो, मैले खोजेजस्तो कामुक र ह्यान्डसम केटा अहिलेसम्म भेटेकी छैन,' रेखाले भनिन् । अभिनयको अतिरिक्त निर्माणमा समेत सक्रिय रहँदै आएकी रेखाले पछिल्लो फिल्मको नाम जुराएकी छिन्, 'कसले चोर्‍यो मेरो मन ।' नयाँ हिरोको खोजीमा रहेकी रेखाले यो फिल्ममा पुराना हिरोबाट काम नहुने बताइन् । 'अहिले फिल्मी उद्योगमा सक्रिय कुनै पनि हिरो 'कसले चोर्‍यो मेरो मन'को चरित्रलाई सुहाउँदैन, जसरी भए पनि नयाँ खोजेरै छाड्छु,' रेखाले भनिन् । यसमा अभिनेत्रीको भूमिकामा भने रेखा आफैँ देखिँदै छिन् । हिरोइनचाहिँ रेखाबाट पनि काम चल्ने हिरो नयाँ नभई नहुने किन ? रेखा मुस्कुराउँदै भन्छिन्, 'म त मेरो चरित्र निर्वाह गर्न सक्छु, तर अहिलेका हिरोहरूले नयाँ फिल्मको चरित्रमाथि न्याय गर्न सक्दैनन् ।' चिनजानका मान्छेसँग हिरो चाहियो भन्दै हार-गुहार गरेकी रेखाले नयाँ हिरोका लागि केही मापदण्ड तयार पारेकी छिन्- 'कामुक, प्रस्टवक्ता, जीवन्त अभिनय गर्न सक्ने र क्युट । अझ विदेश बसेर आएको भए राम्रो । नेपाली राम्रो बोल्न नजाने पनि हुन्छ, तर अंग्रेजी उच्चारण स्पष्ट हुनुपर्छ ।' यो फिल्ममा हिरो बन्न विदेश बसेर आएको नेपाली केटा हुनुपर्छ, जसमा रेखाको मन चोर्ने क्षमता पनि चाहिन्छ । आफूले खोजेजस्तो हिरो भेटिएन भने सुटिङ सार्ने मनस्थिति बनाएकी छिन्, रेखाले । भन्छिन्, 'कामुक हिरो भेटिएन भने सुटिङ गरिँदैन, बरु चार महिना पछि सार्छु ।' राजेश हमालदेखि आयुष रिजालसम्मको हिरोइन बनेकी रेखा नेपाली हिरोका कमजोरी आँैल्याउन पनि पछि परिनन् । एकताका विराजको खुलेर प्रशंसा गर्ने रेखाले उनको पनि आलोचना गरिन् । भन्छिन्, 'उनी नायक त राम्रै हुन्, तर पछिल्लो समय व्यवहार राम्रो छैन, हैसियत बिर्सने मान्छेसँग काम गर्न सकिँदैन ।' पछिल्ला दिनमा विराजले निर्माताको सेड्युल पछ्याउन छाडेकाले अरू हिरोको खोजी गर्न बाध्य भएको सुनाइन् । उनकै लगानीमा बनेको 'किस्मत' मा अर्का हिरो आर्यान सिग्देलले काम गरेका थिए, तर नयाँ फिल्ममा आर्यनबाट पनि काम नबन्ने देखेकी छिन् उनले । 'आर्यन नराम्रो त होइन, तर अहिलेको रोलमा आर्यन पनि काम छैन,' भन्छिन् उनी ।

No comments: