News

Mar 9, 2009

विश्वविद्यालय माग्दै सभासद् सडकमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलाली/ कैलालीमा विश्वविद्यालय स्थापना हुनुपर्ने माग गर्दै माओवादीले आइतबार धनगढीमा प्रदर्शन गरेको छ । प्रदर्शनको नेतृत्व माओवादी सभासद् रूपा चौधरी र कृष्ण चौधरी तथा माओवादी कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्ड र सेक्रेटरी हरि चौधरी उत्सवले गरेका थिए ।सो अवसरमा सभासद् चौधरीद्वयले धनगढीमा विश्वविद्यालय नभए थप आन्दोलन चर्काउने घोषणासमेत गरे । माओवादी इन्चार्ज अखण्डले विश्वविद्यालय हरेक हिसाबले कैलालीमा नै उपयुक्त हुने दाबी गरेका थिए ।धनगढीमा पाँच दिनदेखि जारी आन्दोलन थप चकर्ंदै गएको छ । आइतबार धनगढीमा ठाउँठाउँमा तोडफोड र आगजनी भएका छन् । प्रदर्शनकारीले धनगढीमा रहेका जिल्ला शिक्षा उच्चमावि शिक्षा परिषद्, सहरी विकास, पशुसेवा, धनगढी नगरपालिका, क्षेत्रीय वन, जिल्ला कृषिलगायतका एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेका छन । आन्दोलनकारीले सरकारी कार्यालयमा रहेका सवारीसाधनमा पनि तोडफोड र आजगनीको प्रयास गरेका छन् । प्रदर्शनकारी अराजक बन्दै गएपछि प्रहरीलाई सुरक्षा दिन धौ-धौ परिरहेको छ भने प्रायः सबै सरकारी कार्यालयमा प्रहरी खटाइएको छ ।धनगढीका मुख्य बजारमा टायर जलाइएका छन् । पूरै सडक टायर जलाइएका कारण दुर्गन्धित बनेको छ ।

No comments: