News

Mar 9, 2009

प्रचण्ड र आन्दोलनरत थारू समुदायका बीच वार्ता विफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री प्रचण्ड र आन्दोलनरत थारू समुदायका प्रतिनिधिहरू बीच आइतबार भएको वार्ता कुनै सहमतिमा पुग्न विफल भएको थारू प्रतिनिधिहरूले बताएका छन्।छलफलमा प्रधानमन्त्रीले थारू समुदायका मागहरूको सम्बोधन सोमबार बस्ने मन्त्रीपरिषदको बैठकमा गरिने आश्वासन दिएका छन्। यद्यपी थारू प्रतिनिधिहरूले तराईका विभिन्न जिल्लामा जारी आन्दोलनका कार्यक्रम नरोक्ने बताएका छन्।विगत एकसाता देखि दक्षिणका कतिपय जिल्लाहरूमा जारी थारू समुदायको आन्दोलनका क्रममा तीन जनाको ज्यान गैसकेको छ।चितवन नवलपरासी लगायतका जिल्लाहरू र देशको प्रमुख राजमार्ग ठप्प हुने क्रम जारीरहेको बेला आइतबार प्रधानमन्त्री प्रचण्ड र थारू समुदायका प्रतिनिधिहरू बीच छलफल भएको थियो। तर सो छलफलको निष्कर्ष उनीहरूको मागमाथि ध्यान दिने प्रधानमन्त्री प्रचण्डको आश्वासन मात्र भएको बुझिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माका अनुसार सरकारले मन्त्रिपरिषदको बैठकमार्फत थारू समुदायका मागहरूको सम्बोधन गर्ने भएको छ। उनले भने,"बाँकी कुरा त संविधानसभाले निर्णय गर्छ।"तर त्यस्तो आश्वासनले थारू समुदायको हक हितका लागि आन्दोलनको नेतृत्व गररिहेका राजधानीस्थित संयोजकहरूलाई आश्वस्त बनाएको छैन।ती मध्येका एक लक्ष्मण थारूले राज्यका सबै अंग र तहमा जातिय जनसंख्याका आधारमा सबै आदिवासी जनजातिहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने बताए।हालै थारू समुदायको आन्दोलनका कारण दक्षिणी नेपालका कतिपय जिल्लाहरूमा लगातार बन्द, तोडफोड र झडपका खबरहरू आउने क्रम बढेको थियो।त्यस्तो स्थितिमा शनिबार राति प्रधानमन्त्री प्रचण्डले एउटा वक्तव्य जारीगर्दै थारू प्रतिनिधिहरूलाई वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेका थिए। उनले पीडित पक्षलाई उचित राहत दिने र थारू समुदाय लगायत कुनैपनि जनजाति र समुदायको स्वतन्त्र र विशिष्ट पहिचानमा आँच आउने कुनै समुदायमा सूचीकृत, वर्गीकरण वा समावेश गर्ने पक्षमा सरकार नरहेको बताएका थिए। तर आफूलाई मधेसीको सूचीमा राखिएको विरोधमा आन्दोलन छेडेको थारू समुदाय त्यो आश्वासनबाट अझै सन्तुष्ट भएको देखिंदैन।

No comments: