News

Apr 1, 2009

वाणिज्य तथा आपूर्तिमन्त्रीको गाडी प्रहरीले नियन्त्रण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्वाचन आचारसंहिता विपरीत सरकारी गाडी प्रयोग गरेको भन्दै वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले चढेको ग १ झ ३९ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । उपनिर्वाचनको प्रचार प्रसारको क्रममा कंचनपुर पुगेका महतोको गाडी चैत १९ गते विहान प्रहरी नियन्त्रणमा परेको हो । चैत २८ गते हुने संविधानसभा उपनिर्वाचन आचारसंहितामा चुनाव प्रचारको क्रममा सरकारी गाडी प्रयोग गर्न नपाउने उल्लेख छ । यसैवीच धनुषा क्षेत्र न. ५ का नेपाली काँग्रेस उम्मेदवार चन्द्रमोहन यादवलाई निर्वाचन आयोगले आचारसंहिता उलंघन गरेको भन्दै त्यसलाई नदोहोर् याउन चेतावनी दिएको छ ।आयोगले आचारसंहिता उलंघन गरेको भन्दै यसअघि नै एमाले उम्मेदवार रघुवीर महासेठलाई जरिवाना गरिसकेको छ ।

No comments: