News

Apr 1, 2009

पूर्वयुवराज पारसले नयाँ पार्टी खोल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वयुवराज पारसले आफूले अब ब्यालेट बक्सबाट नै सत्ता प्राप्त गर्ने बतँएका छन्। सिंगापुरको द न्यु पेपर’ धारावाहिक रूपमा छापिएको उनको अन्तर्वातर्ँको पछिल्लो संस्करणमा मंगलबार भनेका छन्- म स्वदेश फर्केर नयाँ पार्टी खोलेर देशलाई नेतृत्व दिनेछु।’ पार्टी युवा, ब्याकर्स, प्रोफेसनल, देशका लागि भिजन’ भएका मानिस हुने उनले बताएका छन्। नेपालमा राजतन्त्र पुनःस्थापना भए पनि विगतका आफ्ना गल्तीका कारण राजा हुन अयोग्य भएको बताउँदै पारसले भनेका छन्- विगतका मेरा गल्तीलाई अहिले सच्याउन सकिन्न। राजा दोषविहीन हुनुपर्छ। नत्र ती दोषले राजाको पदको मर्यादालाई बिगार्छन्।’आफूले सुरक्षाका कारणले नेपाल छोडेको बताउँदै पारसले उनका बाबु पूर्वराजा ज्ञानेन्द्रले आफ्ना सल्लाह नमानेको आरोप लगाएका छन्। उनले भनेका छन्- म उहाँलाई सधैं नयाँ पुस्ताको सल्लाह लिन आग्रह गर्थें, जसले नेपाललाई अघि बढाउन सक्थे तर उहाँले सधैं बुढापाकाको मात्रै कुरा सुन्नुभयो।’प्रवीण गुरुङको हत्या प्रसंगमा पारसले भनेका छन्- पानी परिरहेको थियो। म गाडी चलाउँदै थिएँ। एक्कासि एउटा मोटरसाइकल मेरो गाडीअगाडि चिप्लेर आयो। ब्रेक’ थिचे पनि गाडीले ठक्कर दिएकाले मैले उठाएर अस्पताल लगें। तर अस्पतालले उनलाई मृत घोषित गर्यो।’पारसले भोलिपल्टै गुरुङको घरमा पुगेर उनकी पत्नीलाई राहत दिएको र बालबच्चालाई विद्यालय शिक्षाको बन्दोबस्त गरिदिएको पनि बताएका छन्।पारसले सिंगापुरमा आफै सपिङ गर्ने र खाना पकाएर खाने गरेको समेत बताएका छन्। आफू कुनै व्यवसाय गर्ने सोचमा भए पनि निर्णय गरिनसकेको बताउँदै भनेका छन्- सायद अर्को महिनादेखि कतै लगानी गर्छु त्यतिबेला शेयर बजारमा राम्रो मौका आउने सुनेको छ।’

No comments: