News

Apr 2, 2009

बेलायतमा आर्थिकमन्दीका कारण बसाँर्इ सर्न थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
करिब पाँच वर्षअघिसम्म मात्र पनि पूर्वयुरोपेली नागरिकका लागि बेलायत आशाको त्यान्द्रो नै थियो । अवसरको खोजीमा रहेका सीपवान्, दक्ष र मिहिनेती पूर्वयुरोपेली नागरिकका लागि बेलायत गन्तव्य बनेको थियो । युरोपेली संघको अन्य देशमा काम गर्ने र बस्ने अवसर खुल्ला भएपछि करिब दस लाख पूर्वयुरोपेली देशका नागरिक बेलायत बसाइँ सरे । प्रायः नवआगन्तुक पोल्यान्डका नागरिक थिए । पोल्यान्डका पल्मबर र निर्माण-कामदार बेलायतमा निकै प्रख्यात छन् । तर, यी काममा मात्रै नभएर पोल्यान्डका आप्रवासीहरू बेलायती समाजका विभिन्न क्षेत्रमा पसे । पसल, अस्पताल, सूचना प्रविधिसम्बन्धी कार्यालय, बैंक, रेस्टुरेन्ट, पब, पेन्टिङलगायतका कम्पनीमा काम गर्न थाले । अहिले बेलायत आर्थिकमन्दीका कारण ग्रसित छ । पाउन्डको मूल्य घटेको छ । राम्रो अवसरको खोजीमा बेलायत आएका कतिपय पूर्वयुरोपेली जनता घर फकर्ंन थालेका छन् । पोल्यान्डको अर्थतन्त्र यस वर्ष बेलायतको तुलनामा सुदृढ हुने अनुमान गरिएको छ । त्यसै भएर होला यस वर्ष पोल्यान्डबाट बेलायत आउनेको संख्या ह्वात्तै घटेको छ । पोल्यान्डका रोजगारदाता, टाउन तथा आर्मीले बिदेसिएका आफ्ना नागरिकलाई स्वेदश फिर्ता ल्याउन कोसिस गरिरहेका छन् । 'बेलायत आउनेभन्दा पोल्यान्ड नै फकर्ंनेको संख्या धेरै छ,' बेलायतस्थित पोल्स महासंघका अध्यक्ष जान मोकजिकी भन्छन् । यो संस्था सन् १९४६ मा स्थापना भएको हो । पोल्यान्ड २००४ मा युरोपेली संघमा आबद्ध भएपछि यस संस्थाको प्रोफाइल तथा स्कोप वृद्धि भएको छ । युरोपेली संघसँगको आवद्धतासँगै आयरल्यान्ड , स्विडेन र बेलायतले पोल्यान्डका नागरिकलाई आफ्नो देशमा काम गर्न र बस्न खुल्ला गरेका थिए । पोल्स महासंघले पोलिस नागरिकलाई बेलायत बसोबास सहज बनाउन 'सरभाइभल गाइड' को चौथो अनलाइन संस्करण निकालेको छ । पहिले लन्डनका सबै स्थान, बस, सडक-पेटी, पब, रेस्टुरेन्ट आदिमा पोलिस भाषा सुन्निथ्यो । 'लन्डनको पब प्रायः अस्टे्रलियनले सर्भ गर्ने सम्भावना निकै हुन्थ्यो पहिले । अहिले पोलिसले सर्भ गर्ने सम्भावना धेरै छ,' आप्रवासीसम्बन्धी संस्था द र्इन्स्टीच्युट फर पब्लिक पोलिसी रिसर्चका निर्देशकले भने । तर, अहिले यो स्थिति निकै कम छ । गत वर्ष एक लाख ६५ हजार पूर्वयुरोपेली (अधिकांश पोलिस) ले बेलायतका काम गर्न दर्ता गरे । यो संख्या अघिल्लो वर्षको तुलनामा २४ प्रतिशत कम हो । २००७ को तुलनामा बेलायतमा आउने मानिसको संख्या २००८ मा ४७ प्रतिशतले घटेको छ । अहिले बेलायत आउनेले दुई/चार वर्षअगाडि बेलायत आउनेको भन्दा फरक स्थिति पाउनेछन् । पियोट्र मासलाक २००४ मा पोल्यान्डबाट बेलायत आएका हुन् । 'म मार्च १९ मा बेलायत आए । २० गतेदेखि त काम सुरु गरिहाले,' उनी भन्छन् । सवारीचालकको काम गर्ने मासलाक पोल्यान्डमा प्रतिमहिना चार सय ४० पाउन्ड कमाउँथे । पूर्वी लन्डनस्थित वयेर हाउसमा काम गर्ने ३० वर्षे मासलाक पोल्यान्डमा मासिक कमाउने पैसा लन्डनमा हप्तामा कमाउँछन् । अविवाहित उनी घर पठाउन पैसा जम्मा गर्छन् । पहिलेजस्तो बेलायती पैसा पाउन्डको त्यति मूल्य छैन । मासाक आउँदा सात पोलिस पाउन्डको लोटिस (पोल्यान्डको मुद्रा) थियो । अहिले एक पाउन्ड पाँच लोटिसभन्दा कम छ । त्यसैले पनि बेलायत पोलिसका लागि पहिलेको जस्तो गन्तव्य स्थल रहेको छैन । मासलाकले रोजगार पाएसम्म लन्डनमा नै बस्ने योजना बनाएका छन् । हजारौं पोलिसले बेलायतमा थलो गाडिसकेका छन् । उनीहरू छिट्टै बेलायत छोडेर स्वेदश वा अन्यत्र कतै जाने सुरमा छैनन् ।

No comments: