News

Apr 2, 2009

जापानमा ३२ हजारभन्दा बढी व्यक्तिले आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोकियो/ गत वर्ष जापानमा ३२ हजारभन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार गत वर्ष कुल ३२ हजार दुई सय ४९ व्यक्तिले आत्महत्या गरेका थिए । यो सन् २००७ को भन्दा २६ प्रतिशत कम हो । आत्महत्या रोज्ने प्रवृत्तिलाई निरुत्साहित पार्न परामर्श सेवा र अन्य सरकारी प्रयासका कारण २००७ मा आत्महत्याका घटनामा केही कमी आएको बताइएको छ । जापान एसियाकै सबल अर्थतन्त्र रहेको मुलुक मानिन्छ । तर, विश्वव्यापी आर्थिकमन्दीका कारण जापानमा आयमा कमी र नोकरी कटौती हुँदा सन् २००९ को पहिलो दुई महिना आत्महत्याका घटनामा वृद्धि भएको छ । सरकारले यो प्रवृत्तिलाई रोक्न विभिन्न उपाय अवलम्बन गरे पनि आत्महत्याका घटनामा कमी नआएको टोकियोस्थित लाइफ लिंक गैरसरकारी संस्थाका यासुयुकी सिमुनुले बताए । गएको तीन वर्षमा जापानमा बेरोजगारीको दर सबैभन्दा उच्च रहेको छ । यस वर्षको फेब्रुअरीमा ४.४ को दरले बेरोजगारी वृद्धि भएको छ । जापानमा २९ लाख ९० हजार नागरिक बेरोजगार छन् । गत वर्षभन्दा यस वर्षमा तीन लाख ३० हजार थप नागरिक बेरोजगार बनेका छन् ।

No comments: