News

Apr 6, 2009

क्यान्टोनमेन्टका ताला तोडिने चेतावनी - देव गुरुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कानुनमन्त्री देव गुरुङले साम्राज्यवाद र विस्तारवादले सेना, अदालत र थारु, मधेसी एवं लिम्बुवान आन्दोलनलाई दुरुपयोग गरेर राष्ट्रिय मुक्ति आन्दोलनलाई रोक्न खोजे क्यान्टोनमेन्टका ताला तोडिने चेतावनी दिएका छन् । ०४६ सालको जनआन्दोलनको सम्झनामा माओवादीद्वारा सोमबार नेपालगन्जमा आयोजित जनसभालाई संबोधन गर्दै मन्त्री गुरुङ्गले आन्दोलनका लागि तयार रहन सर्वसाधारणलाई आहृवान गरे । 'सेना र अदालतलाई दुरुपयोग गरेर थारु, मधेसी एवं लिम्बुवान आन्दोलन उचालेर साम्राज्यवाद र विस्तारवादले राष्ट्रिय मुक्ति आन्दोलन रोक्न खोजेको भन्दै उनले भने- 'यही स्थिती रहेमा क्यान्टोनमेन्टमा लागेका ताला तोडिनसक्छ । आन्दोलनले अर्को रुप लिनसक्छ ।' मन्त्री गुरुङ्गले सत्ता साझेदार नेकपा एमालेलाई लक्षित गर्दै साम्राज्यवादीहरुको 'ग्रयाण्ड डिजायन'मा बुटवल घटना उचालेर मन्त्रीपरिषद बैठक र संसद बहिस्कार गरिरहेको आरोपले लगाए । उनले राष्ट्रिय मुक्ति आन्दोलन पूरा नहुँदासम्म जनवादी क्रान्ति सफल नहुने भएकाले माओवादी सडक सदन र सरकारबाट आन्दोलन गरिरहेको दाबी गरे ।

No comments: