News

Apr 5, 2009

हङकङमा पुर्खादिवस भव्यरुपमा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/अम्बू
संसारभर छरिएर उभिएका गोर्खाली समाधिहरुको पवित्र माटो जम्मा गरी त्यसैमाथि काठमाण्डौमा गोर्खा स्तम्भतल उठाऔं भन्दै आज विश्वका विभिन्न ठाउँहरुमा पुर्खादिवस सम्पन्न भइरहेको छ । हङकङमा पनि गोर्खा सिमेट्री ट्रष्टकोको आयोजनमा बृहत नेपालीहरुको सहभागितामा पुर्खादिवस भव्यरुपमा सम्पन्न भएको छ ।विभिन्न विद्यालयका विधार्थीको उपस्थितिमा तिनका अभिभावक, प्रध्यानध्यापक, शिक्षक कर्मचारी, स्थानीय नेता, विदेशी मूलका शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु भूपू सैनिक र तिनका परिवारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विधार्थी वर्गबाट पुर्खाले श्रद्धाञ्जलि सिर्जनाहरु प्रस्तुत गरेका थिए । युद्धको गोर्खाली तस्बीरहरु, युद्धताका नेपाली गाउँघरका तस्बीरहरु, विश्वभर छरिएर रहेका गोर्खाली समाधिहरुका तस्बीहरु प्रदर्शनमा राखिएको थियो । हङकङमा सम्पन्न भएको पु्र्खा दिवसमा प्रथम तथा दोश्रो विश्वयुद्धमा मृत्युवरण गरेका गोर्खालीहरुको नामावली सहितको गोर्खा सिमेट्री ट्रष्टले प्रकाशन गरेका पुस्तकहरु प्रदर्शनी गरिएको थियो ।बृटिश गोर्खा भूतपूर्व सैनिक संघका उपाध्यक्ष हेमप्रताप गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए । कार्यक्रममा ट्रष्टद्वारा प्रकाशन गरिएको, गोर्खा साहित्य तथा गोर्खा दर्शनमा आधारित बालबालिकाको पुर्खाकृतिहरु सहितको समाधि पुस्तके चौथो संस्करण सार्वजानिक गरिएको थियो ।विगत ५ वर्षदेखि हरेक वर्ष ५ अप्रिलका दिनलाई पुर्खा दिवसको रुपमा मनाउन थालिएकोमा गतसालदेखि हङकङ लगायतका देशहरुमा समेत पुर्खा दिवस सम्पन्न हुँदै आइरहेको छ । यसपालि पनि विश्वको विभिन्न देशहरुमा पुर्खादिवस मनाइएको छ । हङकङका सरकारी विद्यालय तथा केही निजी विद्यालयहरुमा समेत पुर्खा दिवस कार्यक्रमलाई विद्यालयको क्यालेण्डर तथा पाठ्यक्रममा समेत संलग्न गराई पुर्खादिवस मनाउन थालिएको हो ।गोर्खा सिमेट्रज ट्रष्टले पुर्खा दिवसलाई विश्व पुर्खा दिवसको रुपमा विकास गर्दै लैजाने बताएको छ । ट्रष्टका अनुसार बेलायत सरकार, कमनवेल्थ वल्ड ग्रेभ्स कमिशन् र गोर्खा सिमेट्री ट्रष्टको संयुक्त कार्य सम्पादनमा विश्वभर छरिएर रहेका गोर्खा समाधिहरुको पत्ता लगाउँदै तथा तथ्याङ्क निकाल्दै तिनीहरुको संरक्षण र संबर्द्धनको काममा पहल गर्दै लैजाने, सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्दै लैजान, नेपाली इतिहासमा यतिञ्जेल छाँयामा पारिएको यति ठूलो गोर्खा हिस्सालाई समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्दै लैजाने जनाएको छ ।हङकङमा सम्पन्न भएको पुर्खा दिवसमा पीएच केन्द्रीय प्राथमिक विद्यालय, बेथल हाइस्कुल, पीके कलेज, टिके प्राथमिक विद्यालय, सगरमाथा किन्डर गार्टेन, सर एलिस कादुरी माध्यमिक विद्यालय, डेलिया हिप ओ, डेलिया ब्रोड वे, सगरमाथा किन्डरगार्टेका नेपाली विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

No comments: