News

Apr 9, 2009

प्रमिला रिजालद्वारा राष्ट्रिय कीर्तिमान कायम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँचौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ४ सय मिटर दौडमा एपीएफकी प्रमिला रिजालले बिहीबार राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । प्रमिलाले अघिल्लो दिन हिट चरणमा आफैले बनाएको ५९.९० सेकेन्डको समयलाई ५९.६० सेकेन्डले सुधार गर्दै कीर्तिमान कायम गरेकी हुन् ।नेपाल प्रहरीकी सावित्री नेपाली (१ मि. ०३.०७ से) दोश्रो तथा पश्चिमाञ्चलकी मनिषा कार्की (१ मि. ०३.३० से) तेश्रो भइन् ।दशरथ रंगशालामा भएको महिलाको १ सय मिटर दौडमा एपीएफकी प्रमिला रिजाल १२.७२ सेकेन्ड समयसाथ पहिलो, प्रहरीकी चन्द्रकला थापा (१२.८० से) दोश्रो तथा प्रहरीकी केशरी चौधरी (१२.८९ से) तेश्रो भइन् ।महिलाको हाइजम्पमा प्रहरीकी केशरी चौधरीले १.४८ मिटर हाम्फाल्दै पहिलो भइन् । मध्यपश्चिमाञ्चलकी वर्षा भट्टराई दोश्रो तथा पूर्वाञ्चलकी सीता हजाम तेश्रो भइन् । महिलाको सट्पुटमा पश्चिमाञ्चलकी ऋषिसरा थापा (९.०३ मि.) पहिलो, पूर्वाञ्चलकी महेश्वरा बज्राचार्य दोश्रो तथा जनमुक्ति सेनाकी विनु शाही तेश्रो भइन् ।पुरुषको १ सय मिटर दौडमा प्रहरीका गोपाल केसीले निर्धारित दूरी ११.०३ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान कब्जा गरे ।पश्चिमाञ्चलका तिलकराम महतो दोश्रो तथा मध्यमाञ्चलका योगेन्द्र धिमाल तेश्रो भए । पुरुषको ४ सय मिटर दौडमा एपीएफका सुमन भट्टराई ५०.९३ सेकेन्ड समयसाथ स्वर्ण जिते । एपीएफका बालकृष्ण चौधरीले रजत तथा प्रहरीका गोपाल केसीले कास्यमा चित्त बुझाए । पुरुषको सट्पुटमा प्रहरीका उजिरसिंह विष्ट (१२.८२ मि.) पहिलो, सुदूरपश्चिमाञ्चलका टेकेन्द्रराज पाठक दोश्रो तथा प्रहरीका नरेन्द्रजंग शाह तेश्रो स्थानमा रहे ।

No comments: