News

Apr 10, 2009

ऋषि धमलालाई साधारण तारेखमा रिहा गर्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुनरावेदन अदालत पाटनले रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलालाई साधारण तारेखमा छोड्न जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मोहनप्रसाद घिमिरेको संयुक्त इजलासले धमलालाई थुनामा राख्नुपर्ने आधार नभएको भन्दै साधारण तारेखमा छोड्ने आदेश दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन तेस्रो साता हात हतियार खरखजना ऐन अन्तर्गत धमलालाई थुनामा राख्न आदेश दिएको थियो । पुनरावेदनले त्यसलाइ बदर गरेको छ । काठमाडौं प्रशासनले गरेको निर्णय बदर गर्न माग गर्दै धमलाले चैत २ गते पाटन अदालतमा निवेदन दिएका थिए । धमलाका तर्फबाट बरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली तथा अधिबक्ताहरु शम्भु थापा, भिमार्जुन आचार्य, माधब बाँस्कोटा, विष्णु भट्टराई लगायत एक दर्जन वकिलले बहस गरेका थिए ।
सरकारका तर्फबाट सरकारी वकिल चन्द्र प्रकाश सापकोटा, ऋषिराम दवाडी र बज्रेस कुमार प्याकुरेलले बहस गरेका थिए । उनी सहित पक्राउ परेका रामशुभक महतो, वीरेन्द्र केएम र मनोज महतोलाई भने अदालतले जिल्ला अदालतकै निर्णयलाई सहि मानेको छ ।

No comments: