News

Apr 10, 2009

दिसा कोच्याउने शिक्षिकालाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री प्रचण्डले दलित महिलालाई दिसा कोच्याउने शिक्षिका विमला लामालाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका छन् । प्युटार घटना अनुसन्धान गरी दोषीमाथि कारबाही गराउन गठित संसदीय समितिसँग बिहीबार भेटेपछि प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् । समितिले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । प्रधानमन्त्री प्रचण्डले समितिकै अगाडि घटनाबारे गृहमन्त्रीसँग फोनमा जानकारी लिएका थिए । घटना भएको तीन साता बितिसक्दा पनि दोषी पक्राउ पर्न नसकेकोबारे प्रधानमन्त्रीले गृहमन्त्रीसँग जिज्ञासा राखेका थिए । गृहमन्त्री गौतमले दोषी राजधानीमै छिरेको र छिट्टै पक्राउ पर्ने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । प्रचण्डले 'प्रधानमन्त्री राहत कोष'बाट पीडित कल्लीकुमारी विकलाई तत्काल राहतस्वरूप २५ हजार प्रदान गर्ने घोषणासमेत गरेको जानकारी सभासद् विनोद पहाडीले दिए ।प्रधानमन्त्रीले पीडक विमला लामालाई सरकारी सेवामा अयोग्य घोषणा गरी जागिरबाट बर्खास्त गर्न मन्त्रिपरिषद्बाट निर्णय गराइने आश्वासन दिएको पहाडीले बताए । लामा स्थानीय गढिभञ्जयाङ प्राविकी प्रधानाध्यापिका हुन् ।

No comments: