News

Apr 3, 2009

लेखक रामकृष्ण बान्तवाको श्रीलमिस्ट अंग्रेजी अनुवाद आउँने

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग/रार्इ चन्द्र दुमी
हंगकंगे नेपाली श्रष्टाहरुमा सवैभन्दा धेरै चर्चामा आएका लेखक रामकृष्ण बान्तवाको सघन तुवाँलोको अंग्रेजी अनुवाद अर्को २ हप्ताभित्र आईपुग्ने पब्लिसर मिस्टर माईकल मोरोले एक कफी गफमा बताएका छन । २५ मार्चमा हंगकंग आईपुग्नुभएको माईकल मोरोले आफ्नो अति ब्यस्तताको बावजुद २९ मार्चमा सेन्ट्रलमा एक रेस्टुरेण्टको छोटो भेटमा बताएका हुन । मिस्टर माईकल संसारका लेखकहरुको भर्सक उनिहरुको सँस्कृतिलाई केन्द्रबिन्दू मानेर लेखिएको अथवा सँस्कृति सम्बन्धि र त्यस देशमा कानुनले भित्राएको साँस्कृतिक बिकृतिको चिरफार भएका कथावस्तु समेटिएका कुनैपनि पुस्तकहरु बिस्वप्रसिद्ध अंग्रेजी र सक्दो धेरै भाषामा प्रकासन गर्ने गर्दछन । नाम चलेका पस्तकहरु र लेखकहरुको कृतिहरु प्रकाशन गर्नु मिस्टर मोरोको यो मुख्य पेशा वा ब्यवशाय हो । लेखक रामकृष्ण बान्तवाको अनुसार अंग्रेजी प्रकासक माईकलले छापिएको ३ हजार प्रतिमध्य ५५ प्रति हंगकगस्थित आफ्नो सेक्रेटरियटमार्फ बान्तवालाई प्रदान गर्नेछन । उन्को अनुसार यौटा नियम त्यो भन्दा बढी आवश्यकभए लेखकलेपनि किनेरमात्रै उपलब्ध गर्नसक्नेछन, लेखकको रोयल्टी अलग हुनेछ । ३० तारिक बेलुकीको डिनरसहित लामो भेट गर्न भियाएका रामकृष्ण बान्तवा सनर्राईजसंग भन्छन ''मलाई अन्तिम तयारीको एकप्रति एकहप्ता अघि दिएर केही छुटपुट हेर्न भनिएको थियो तर प्रुफ होईन, उहाँले यसो भन्नुहुँदा मलाई एक किसिमको गर्वानुभूति र निश्चिन्तता किन लागेको छ भने मेरो कुराहरु याने,की कुनैपनि लेखकको कुराहरु नेपाली प्रकासक सम्पादकहरु जस्तो खण्डन मण्डन गरेर लेखकको भावना मार्ने काम नगर्नुहुँदोरहेछ, बरु मिस्टर माईकलले आफ्नो बिचार तलमाथि परेको छ की हेर्न मौका दिएर लेखकीय कद्धर गरेको अनुभूति गर्न सकिन्छ,, । बान्तवाकै अनुसार प्रकासक मिस्टर मोरो ३१ मार्चको दिन बेलुकी मकाउतर्फलागि सकेका छन । तर प्रकासित अंगे्रजी संस्करण ५५ प्रति उहाँको एसिस्टेन मिस जो बाट लेखकले हंगकंगमा लिनसक्नेछन । यसै सिलसिलामा नेपालबाट लेखक सुभ मुकारुङले फेानमा जानकारी गराए अनुसार त्रिभुवन युनिभर्सिटीको अनुमति पाएर एक ब्यक्तिले लेखक रामकृष्ण बान्तवाको ब्यक्तित्व र कृतित्व शिर्षकमा पुर्णरुपले सघन तुवाँलोबाट मास्टर डि ग्री गर्दैछन । गएको ३ हप्ता अगाडि ति ब्यक्तिले उक्त शिर्षकमा डि ग्री होल्ड गर्नलाई युनिभर्सीटी किर्तिपुरको सम्बन्धित निकायमा निवेदन गरेको थिए । जस्को अर्कोहप्ता बिश्वबिद्यालयले अनुमति दिएपछि निवेदकले आवश्यक सामग्रीहरुको माग लेखकको आफन्त शुभ मुकारुङ मार्फ गरेका छन । सुभ मुकारुङको अनुसार उनले यसअघि के कती कस्तो ? कृतिहरु प्रकासित गरेका छन लेखकले ? मात्र नभएर उन्को कृतिहरुमाथि के कस्तो टिका टिप्पणी उठाएका छन बिव्दान समिक्षकहरुले, पाठकपत्रकारहरुले भन्नेसमेत चर्चा गरिने भनिएकोले नेपालबाट प्रकासित पुराना पत्रिकाहरु स्वयंले कलेक्सन गरिसके पश्चात बान्तवाकोबारे हंगकंगबाट के कस्तो टिप्पणी र समिक्षाहरु भएकाछन पाठकहरुबाट,पत्रिकाहरुबाट, समिक्षकहरुबाट यहास्थित लेखिएको ऐतिहाँसिक समाचार, समिक्षा भएको पुराना पत्रिकाहरु समेत माग गरेको बताएका छन शुभले । रामकृष्ण बान्तवाले कलेक गर्ने क्रममा हंगकंगबाट सवैभन्दा धेरै सनर्राईज साप्ताहिकले २८ पटक लेखेर उन्लाई सहानुभूति दिएको रेकर्ड बताउँदै त्यस्तै जस्ताको तस्तै ति सनरार्इज साप्ताहिक लगायतका हंगकंगे पत्रिकाहरु कलेक गरेर थेसिसवाला बिध्यार्थिलाई सुभ मार्फ पठाएको बताएकाछन ।स्मरण रहोस यसअघि हाल दिक्तेल क्याम्पस प्राध्यापक श्रीमती यादेवी ढकालले उन्को कृतित्वमाथि थेसिस लेखी सकेकीछिन भने यस पटक ब्यक्तित्व र कृतित्व भनेर समग्र सघन तुवाँलोलाई थेसिसमा ब्याख्या गरिनेछ ।

No comments: